१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024
२o८१ कार्तिक २ शुक्रबार १o:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बाढीले बगाएको खुर्कोटको पुल जोडियो, भोलिबाट यातायात सञ्चालन हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक २ शुक्रबार १o:o७:oo

११ र १२ असोजमा परेको अविरल वर्षापछिको बाढीले बगाएको खुर्कोटको पुल जोडिएको छ । शनिबारबाट पुलमा यातायात सञ्चालन हुने भएको छ । सिन्धुली र रामेछाप जोड्ने खुर्कोटस्थित सुनकोशी नदीमा रहेको मोटरेबल पुलको आधा भाग बगाएपछि पुनः मोडुलर प्यानल ब्रिज राखेर नेपाली सेनाले बुधबार साँझ दुई जिल्लालाई जोडेको हो ।

बाढीले बगाएको खुर्कोटको मोटरेबल पुल तत्काल निर्माण गरी यातायात सहज बनाउने गरी सरकारले पुल बनाउने जिम्मा नेपाली सेनालाई दिएको थियो । सरकारले क्षतिग्रस्त पुल निर्माण गर्ने जिम्मा दिएसँगै सेनाको चौध बाहिनी अड्डा गौचर काठमाडौंको प्राविधिक टोलीले प्राविधिक काम सुरु गरी बुुधबार बेलुुका एमपिबी (मोडुलर प्यानल ब्रिज) राखेर दुुई जिल्ला जोड्न सफल भएको नेपाली सेना चौध बाहिनी अड्डाका कर्नेल नारायण तुम्बाहाम्फेले जानकारी दिए । 

३६० फिट लम्बाइ भएको पुलको आधा भाग १८० मिटर बाढीले बगाएको थियो । सेनाले २२ असोजबाट पुल निर्माणको थालनी गरेको थियो । पुल पुष्पलाल राजमार्गअन्तर्गत एडिबीको सहयोगमा निर्माण भएको थियो । पुल दुई जिल्लासँग जोडिए पनि अझै डेकिङ युनिट (जडान) काम हुन बाँकी रहेकाले शनिबारसम्म उक्त कार्य सकेर यातायातका साधन सञ्चालन गरिने गरी काम अघि बढेको नेपाली सेनाको चौध बाहिनी अड्डाका मेजर चिरञ्जीवी चौलागाईंले जानकारी दिए ।

अविरल वर्षासँगै आएको बाढीले बनेपा–बर्दीवास बिपी राजमार्ग र रामेछाप र सिन्धुली जोड्ने खुर्कोट पुलमा समेत क्षति पु¥यापछि रामेछाप, सिन्धुली, दोलखा, ओखलढुुंगा, सोलुखुम्बुु, खोटाङ, भोजपुर, उदयपुर, काभ्रे र सिन्धुुपाल्चोकलगायत जिल्लाका नागरिकलाई आवतजावतमा समस्या भएको छ । खुर्कोटको पुल बगाएपछि अहिले वैकल्पिक रुट प्रयोग गरी सवारीसाधन सञ्चालन हुँदै आएका छन् ।