१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक २ शुक्रबार १o:२७:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाली टोलीका मेन्टर बने दासानायके

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक २ शुक्रबार १o:२७:oo

नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी विश्वकप लिग २ का लागि पूर्वमुख्य प्रशिक्षक पुबुदु दासानायकेलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीका मेन्टरको जिम्मेवारी सुम्पिएको छ । क्यानले नेपाल, स्कटल्यान्ड र अमेरिकाबिचको लिग खेलका लागि दासानायकेलाई मेन्टरको भूमिका दिइएको जनाएको छ । २५ अक्टोबरदेखि ४ नोभेम्बरसम्म अमेरिकामा लिग २ का खेल हुनेछन् । 

दासानायकेले नेपाली टोली दुईपटक मुख्य प्रशिक्षकका रूपमा हेरेका थिए । सन् २०११ देखि ०१५ सम्म उनले पहिलोपटक नेपाली टोली हेरेका थिए । उनकै प्रशिक्षणमा नेपालले पहिलोपटक सन् २०१४ मा आइसिसी टी–२० विश्वकपमा स्थान बनाएको थियो ।

नेपाललाई उनले आइसिसी विश्वकप लिग ४ देखि १ सम्मको यात्रा गराए । सन् २०२१/२२ सम्मको दोस्रोपटक मुख्य प्रशिक्षक बन्दा उनले नेपाललाई खासै सफलता दिलाउन सकेनन् । अहिले उनी क्यानडाका मुख्य प्रशिक्षकका रूपमा छन् ।