१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण १२ शनिबार
  • Friday, 18 October, 2024
२o८१ श्रावण १२ शनिबार o९:१३:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सल्यानमा करेन्ट लागेर वृद्धको मुत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ श्रावण १२ शनिबार o९:१३:oo

सल्यानमा मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ। जिल्लाको बागचौर नगरपालिका- ३ सोतागारका अन्दाजी ७० वर्षीय मोहलाल वलीको करेन्ट लागेर मृत्यु भएको हो। 

शुक्रबार साँझ खेतबारीमा सिँचाइका लागि खोलाबाट मोटर लगाई पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जानकारी दिए।

शव पोस्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा ल्याइएको उनको भनाइ छ।