Skip This
पहिरो खस्न थालेपछि साना सवारीसाधनलाई वैकल्पिक बाटो प्रयाेग गर्न मुग्लिन–पोखरा सडकखण्डको आग्रह 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २४ सोमबार
  • Sunday, 06 October, 2024
२o८१ असार २४ सोमबार o८:५५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पहिरो खस्न थालेपछि साना सवारीसाधनलाई वैकल्पिक बाटो प्रयाेग गर्न मुग्लिन–पोखरा सडकखण्डको आग्रह 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २४ सोमबार o८:५५:oo

निरन्तरको वर्षाले पृथ्वी राजमार्गअन्तर्गत पर्ने सेरामा शनिबार डाइभर्सन बगायो । डाइभर्सन बगाएपछि साना तथा छोटा दूरीमा चल्ने सवारीसाधन रोकिए । बाटो नै बन्द भएपछि पोखराबाट काठमाडौं जाने यात्रु अलपत्र परे । त्यसपछि बाटो खुलाउन मुग्लिन–पोखरा पश्चिम सडकखण्डले पहल गर्‍यो। करिब १८ घण्टाको निरन्तरको प्रयासबाट बाटो एकतर्फी सवारी सञ्चालनमा ल्यायो ।

शनिबार सडक भासिएर डाइभर्सन बगाउँदा यात्रुले सास्ती व्यहोरे । त्यसपछि सडकखण्डले निर्माणााधीन पुललाई सञ्चालनमा ल्याएको इन्जिनियर नारायण पौडेलले बताए । उनका अनुसार अन्य कुनै पनि विकल्प नभएपछि बन्दै गरेको पुलमा दुवैतर्फ फिलिङ गरेर बाटो सञ्चालनमा ल्याइएको हो । ‘त्यो नयाँ पुलमा पनि एकपटकमा एउटा मात्रै सवारी आवतजावत गर्ने भनेर सञ्चालन गरिएको छ,’ अझै पनि पानी पर्ने सम्भावना भएकाले सडक अवरुद्ध हुन सक्ने देखेर पहिरोको सभावित ठाउँमा तयारी अवस्थामा डोजर राखिएको छ । त्यसैले सकेसम्म साना सवारीसाधनलाई दमौलीदेखि भोर्लेटार हुँदै तालचोक भएर यात्रा गर्न आग्रह गरेका छौँ,’ उनले भने ।

पछिल्लो समय परेको पानीले तनहुँका विभिन्न ठाउँमा पहिरो गएको छ। शनिबार म्याग्देको घुम्ती, सेरा, मौरीओडारलगायतका ठाउँमा पहिरो जाँदा बाटो बन्द भएको थियो । त्यसरी ठाउँठाउँमा पहिरो गएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

आइतबार पनि केही ठाउँमा पहिरो जाँदा केही समय सडक बन्द भएको थियो ।अहिले पनि पहिरोको जोखिम बढेकाले पृथ्वी राजमार्ग भएर चल्ने साना सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न भनिएको छ। शुक्रबारदेखि परेको पानीका कारण ठाउँठाउँमा पहिरो जाने, सडक भासिने समस्या देखिएपछि मुग्लिन पोखरा सडकखण्डले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको हो । त्यस्तै, सडक बन्द हुँदा बढी मात्रामा बिरामी मर्कामा परेका छन् । बिरामी भएकालाई उपचारका लागि पोखरा लैजानुपर्ने बाध्यता भएको र साना सवारीमा जानुपर्ने भएकाले बाटो लामो पर्ने हुँदा उनीहरू समस्यामा परेका छन् ।