Skip This
नगरप्रमुखको गाडीमा ढुंगा प्रहार 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २४ सोमबार
  • Sunday, 06 October, 2024
२o८१ असार २४ सोमबार o७:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नगरप्रमुखको गाडीमा ढुंगा प्रहार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २४ सोमबार o७:३९:oo

चितवनको राप्ती नगरपालिकाका प्रमुख शमशेर लामा सवार गाडीमा ढुंगा प्रहार भएको छ । आइतबार साँझ ९ः१५ को समयमा  राप्ती नगरपालिका– २, गड्यौली बुद्ध शान्तिचोकस्थितबाट महेन्द्र रार्जमार्गतर्फ आउने क्रममा नगरप्रमुख सवार बा.२झ ३६६६ नम्बरको सवारीसाधनमा ढुंगा प्रहार भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

गाडी स्वयं नगरप्रमुखले नै चलाएका थिए । प्रहार गरेको ढुंगा चालक साइडको पछाडिको भागको सिसामा लागेको थियो । प्रहरीका अनुसार  ढुंगा लागेर सिसा फुटेको छ भने मानवीय क्षति भएको छैन । प्रमुखको गाडीमा ढुंगा प्रहार भएको खबर प्राप्त हुना साथ प्रहरी टोली खटी अन्य अनुसन्धान कार्य भइरहेको छ ।