Skip This
प्रेरक प्रसंग: प्रोत्साहनको परिणाम
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २४ सोमबार
  • Sunday, 06 October, 2024
२o८१ असार २४ सोमबार o६:o६:oo
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग: प्रोत्साहनको परिणाम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २४ सोमबार o६:o६:oo

चर्चित उपन्यासकार नथानियल हाथन एउटा कार्यालयमा नोकरी गर्थे । जतिसुकै मिहिनेतसाथ काम गरे पनि उनी त्यसमा सफल हुन भने सकिरहेका थिएनन् । घरको गरिबीले गर्दा पारिवारिक दायित्व पूरा गर्नै पनि उनले नोकरी नगरी सुख थिएन । उनलाई आफू अफिसमा नोकरी गर्नका लागि जन्मेकै होइन जस्तो लागिरहन्थ्यो । उनको काम पनि सन्तोषजनक हुन सकिरहेको थिएन । परिणामस्वरूप एक दिन उनलाई नोकरीबाट निकालियो । 

नोकरीबाट निकालिएको पत्र पाएपछि उनी निराश हुँदै घर फर्किए । घर पुगेपछि उनले पत्नी सोफियालाई आफू नोकिरीबाट निकालिएको सुनाए । पति जागिरबाट निकालिएको सुन्दा पनि सोफिया दुःखी भइनन् । उल्टै उनी खुसी भइन् । उनले पतिलाई अँगालोमा बेर्दै भनिन्– मेरा प्यारा पतिदेव, तपाईं कति प्रतिभाशाली हुनुहुन्छ भन्ने मलाई मात्र थाहा छ । यथार्थमा तपाईं यस्तो कुनै नोकरी गर्न जन्मेको मान्छे नै होइन । अब तपाईंले कत्ति पनि निराश नभई आफ्नो लेखन कार्यमा लाग्नुपर्छ ।

मलाई विश्वास छ, तपाईं एक सफल लेखक बन्नुहुनेछ । हाथनले खुइय गर्दै भने– तिमी त भन्छ्यौ नि ! तर नोकरीको अभावमा चुलो कसरी जलाउने ? पत्नी सोफियाले दराज खोलेर पैसाको बिटो निकालेर अगाडि राखिदिइन् । पैसा देखेर हाथन छक्क परे । उनको मनोदशा बुझेर सोफियाले भनिन्– मेरा प्यारा पतिदेव, यो सबै तपाईंकै कमाइ हो । मैले थोरैथोरै गरी जोगाएको पैसा हो । यसबाट हामी एक वर्ष त दुःखसुख बाँच्न सक्छौँ । अप्ठ्यारै परेको अवस्थामा म पनि नोकरी खोज्न सक्छु । त्यसैले अब तपाईं आफ्नो पूरा ध्यान र क्षमता लेखनमा लगाउनुहोस् । घर म सम्हाल्छु । 

पत्नीको प्रोत्साहन पाएपछि हाथन लेखन कार्यमा समर्पित भए । केही महिनाको अथक प्ररिश्रमपछि उनले अमेरिकी साहित्यको महान् उपन्यास ‘द स्कार्लेट लेटर’ प्रकाशन गरे ।