Skip This
एकीकृत समाजवादीका नेतालाई पुरानै जिम्मेवारी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २३ आइतबार
  • Saturday, 05 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार २३ आइतबार o८:३४:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

एकीकृत समाजवादीका नेतालाई पुरानै जिम्मेवारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार २३ आइतबार o८:३४:oo

एकीकृत समाजवादीले केन्द्रीय नेताहरूलाई पुरानै जिम्मेवारी दिएको छ । पार्टी कार्यालय आलोकनगर मिनभवनमा शनिबार बसेको केन्द्रीय कमिटीको प्रथम बैठकले अर्काे व्यवस्था नहुन्जेलसम्म विभाग प्रमुख र प्रदेश इन्चार्जलाई यसअघिकै जिम्मेवारी तोकिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । 

एकीकृत समाजवादीमा ३१ विभाग छन् । सात प्रदेशमध्ये कोशीमा घनेन्द्र बस्नेत, मधेशमा धर्मनाथप्रसाद साह, बागमतीमा गंगालाल तुलाधर, गण्डकीमा तुलबहादुर गुरुङ, लुम्बिनीमा हरि पराजुली, कर्णालीमा प्रकाश ज्वाला, सुदूरपश्चिममा गरिमा शाह प्रदेश इन्चार्ज छन् । ‘यसअघिको जिम्मेवारीमा रहनुभएका नेतालाई सोही पदमा निरन्तरता दिने अन्तरिम व्यवस्था भएको छ,’ उनले भने ।

शुक्रबार सम्पन्न महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसालसहित केन्द्रीय कमिटीका ९३ सदस्य निर्वाचित गरेको थियो । जसमा पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरोका सदस्य समेटिइएका छन् । अन्य पदाधिकारी र केन्द्रीय कमिटीका सदस्य चयन गर्न बाँँकी छ । २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी हुने वैधानिक व्यवस्था छ ।

बैठकले १०औँ महाधिवेशनको प्रारिम्भक समीक्षा गर्दै महाधिवेशनले सम्पूर्ण नेपालीको ध्यानाकर्षण गराउन सफल भएको निष्कर्ष निकालेको छ । महाधिवेशनले विद्रोह अनुमोदन भएको ठहर पनि बैठकले गरेको छ । आइतबार बस्ने बैठकले कमिटीलाई पूर्णता दिन मापदण्ड बनाएर अघि बढने उनले जानकारी दिए । शनिबारको बैठक आइतबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।