Skip This
रमिसा र भूपेन्द्र उत्कृष्ट खेलाडी 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २३ आइतबार
  • Saturday, 05 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार २३ आइतबार o८:२९:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

रमिसा र भूपेन्द्र उत्कृष्ट खेलाडी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार २३ आइतबार o८:२९:oo

३१ जिल्ला र क्लबबाट एक सय २६ पुरुष र ४९ जना महिला खेलाडी सहभागी हुँदा रमिशा श्रेष्ठ र भूपेन्द्र थापा उत्कृष्ट खेलाडी घोषित भए भने विभागीय टोली त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बन्न सफल भयो

प्रकाश दाहाल स्मृति राष्ट्रिय महिला तथा पुरुष बक्सिङ प्रतियोगितामा रमिशा श्रेष्ठ र भूपेन्द्र थापा उत्कृष्ट खेलाडी घोषित भएका छन् । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा रमिशा महिलातर्फ ४८ केजी र भूपेन्द्र ६३ केजी तौल समूहमा उत्कृष्ट भए । विभागीय टोली त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बन्न सफल भयो । प्रतियोगितामा ३१ जिल्ला र क्लबबाट एक सय २६ पुरुष र ४९ जना महिला खेलाडी सहभागी थिए । २१ गत सम्पन्न उत्कृष्ट फइनल प्रतियोगितामा महिला ४८ तौल समूहमा आरडी एक्सकी रमिशा श्रेष्ठले त्रिभुवन आर्मीकी आरती बम्जोङलाई ५–० अंकका आधारमा पराजित गरिन् । नक्सालकी सुष्मा तामाङ र बक्समान्डुकी सुस्मिता श्रेष्ठले तेस्रो स्थान हासिल गरे ।

महिला ५० केजी तौल समूहमा आर्मी क्लबका लालुमाया खत्रीले बक्समान्डुकी पूर्णिमा तामाङलाई ५–० अंकका आधारमा पराजित गरी प्रथम स्थान हासिल गर्न सफल रहे । महिला ५२ केजी तौल समूहमा एपीएफकी निन्जा बुढामगरले मकवानुरकी रोशनी घलानलाई पराजित गर्दै स्वर्ण पदक प्राप्त गरे । महिला ५४ केजी तौल समूहमा बक्समान्डुकी अञ्जनी टेलीले नेपाल प्रहरीकी सुशीला भोलानलाई ५–० अंकका आधारमा पराजित गरी प्रथम भएकी हुन् । महिला ५७ केजी तौल समूहमा आर्मीकी मिनु गुरुङले नेपाल प्रहरीकी नारिका राईलाई पराजित गरिन् । महिला ६० केजी तौल समूहमा आर्मीकै वर्षा श्रेष्ठ पहिलो भइन् । महिला ६३ केजी तौल समूहमा नेपाल आर्मीकी निलु गुरुङले बक्समान्डुकी बबिता गोडार क्षेत्रीलाई तेस्रो राउन्डमा पराजित गरेकी हुन् । महिला ६६ केजी तौल समूहमा आर्मीकी संगीता डंगोल, महिला ७० केजी तौल समूहमा आर्मीकै पुनम रावल, महिला ७५ केजी तौल समूहमा आर्मीकै त्रिशा जबेगू भएका छन् । 

पुरुषतर्फ ४८ केजी तौल समूहमा लालप्रसाद उप्रेती, ५१ केजी तौल समूहमा नेपाल प्रहरीका चन्द्रबहादुर थापा, ५४ केजी तौल समूहका आर्मीका प्रेम चौधरी, ५७ केजी तौल समूहमा एपिएफका विक्रम परियार, ६० केजी तौल समूहमा त्रिभुवन आर्मी क्लबका खगेन्द्र रोेका मगर पहिलो भएका छन् । प्रथानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उद्घाटन गरेको चौथो संस्करणको प्रतियोगिताको समापन अर्थमन्त्री वर्षमान पुनले गरेका थिए । 

टिम च्याम्पियन नेपाल आर्मीले १५ स्वर्ण ४ रजत र १ कांस्य प्राप्त गरी प्रथम स्थान हासिल गर्‍यो । भूपेन्द्रले मोटरसाइकल र रमिशाले स्कुटर पुरस्कार पाएका छन् । उत्कृष्ट टिम प्रशिक्षक आर्मीका देवेन्द्र ठकुरी भए ।