Skip This
कांग्रेस सहमहामन्त्री जीवन परियारलाई तीन प्रश्न
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २३ आइतबार
  • Saturday, 05 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार २३ आइतबार o७:४२:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

कांग्रेस सहमहामन्त्री जीवन परियारलाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार २३ आइतबार o७:४२:oo

कांग्रेस र एमालेबीच धारा ७६(२) अनुसार सरकार गठनको सहमति बनेको छ । तर, सरकार ७६(३) अनुसार बन्ने जोखिम छ भनिन्छ नि?
प्रधानमन्त्रीले विश्वासको मत लिने तय भइसकेको छ । विश्वासको मत पाउने सम्भावना नभएको स्पष्टै छ । हामीले सहमति गरेअनुसार त्यसपछि बन्ने सरकार धारा ७६(२) अनुसार नै बहुमतको सरकार बन्छ । यसमा संसद् विघटन मुद्दामा सर्वोच्चको फैसला, प्रदेश सरकारका विषयमा अदालतबाट भएका कानुनी व्याख्यालगायत पर्याप्त आधार छन् । सबै आधार हेरेर नै सहमति बनेको हो । 

कांग्रेस नेता डा. शेखर कोइरालाले त ७६(३) अनुसार सरकार बन्ने त होइन भन्ने आशंका व्यक्त गर्नुभएको छ नि?
उहाँले प्रधानमन्त्रीले त्यो बाटो चाहनुभएको छ भन्नेतर्फ संकेत गर्नुभएको हो । ७६ (३) अनुसार अल्पमतको सरकार बनोस् भन्न खोज्नुभएको होइन । त्यतातर्फ लैजाने खेल हुन सक्छ, सतर्क हुनुपर्छ भन्नुभएको हो । उहाँले अभिव्यक्ति दिएको सार्वजनिक कार्यक्रममा म स्वयं सहभागी थिएँ । आफूले विगतदेखि नै कांग्रेस–एमाले एक ठाउँमा आउनुपर्छ भनिरहेको र अहिले त्यो अवस्था आएको हुनाले सचेततापूर्वक सहमति कार्यान्वयनमा लागौँ भन्ने उहाँको आशय हो ।

यस्ता विषयले सहमति कार्यान्वयनमा कतै असर पर्छ कि पर्दैन? 
सहमति कार्यान्वयनमा दुवै दल प्रतिबद्ध छौँ । अब बन्ने सरकार धारा ७६(२) अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा बन्ने हो । अल्पमतको सरकार बन्छ भनेर माओवादी साथीहरूले भनिरहनुभएको छ । तर, परिस्थिति त्यसतर्फ जाँदैन । सहमतिअनुसार नै दोस्रो चरणमा कांग्रेस सभापति शेरहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ । यसबाट दायाँबायाँ हुँदैन ।