Skip This
स्क्वासको नतिजा रद्द 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २३ आइतबार
  • Saturday, 05 October, 2024
२o८१ असार २३ आइतबार o६:५८:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

स्क्वासको नतिजा रद्द 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २३ आइतबार o६:५८:oo

गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष स्क्वास प्रतियोगितामा सहभागी नभएकी महिला खेलाडीलाई प्रथम घोषणा गरिएपछि विरोधका बीच नतिजा रद्द गरिएको छ । त्यस सम्बन्धमा नयाँ पत्रिकाले समाचार प्रकाशन गरेपछि घोषणा गरिएको यसअघिको नतिजा आयोजकले उल्टाएर नयाँ नतिजा घोषणा गरेको हो । नयाँ नतिजा घोषणा गर्दै खेलाडीलाई सोहीअनुसार पदक र नगद पुरस्कारसमेत हस्तान्तरण गरिएको छ । यस सम्बन्धमा नयाँ पत्रिकाले शुक्रबार समाचार प्रकाशन गरेको थियो । 

घटनापछि प्रदेश खेलकुद परिषद्का सदस्यसचिव श्रीधर शर्माले संघका पदाधिकारीहरूलाई बोलाएर प्रतियोगितामा सहभागी नभएकी खेलाडीलाई किन प्रथम बनाइयो र बनाउनपर्नुको कारण के हो भन्दै प्रश्न गरेका थिए । घोषणा गरिएको नतिजा रद्द गर्दै सहभागि खेलाडीहरूले प्राप्त गरेको स्थानअनुसार पुनः पदक र नगद पुरस्कार दिन सदस्यसचिवले निर्देशन दिएका थिए । संघले प्रतिस्पर्धामा सहभागी नभएकी गोरखाकी एक खेलाडीलाई स्वतः प्रथम भएको घोषणा गरेको नतिजा शुक्रबारै रद्द गरेको छ । प्रथमको नतिजा रद्दपछि प्रतियोगितामा सहभागी भएर दोस्रो बनाइएकी कास्कीका समीक्षा ठकुरीलाई प्रथम र तेस्रो बनाइएकी सृष्टिका उदास र निस्ता श्रेष्ठलाई क्रमशः दोस्रो र तेस्रो घोषणा गरिएको छ । 

प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा स्क्वास र्‍याकेट संघ गण्डकीको व्यवस्थापनमा सम्पन्न प्रतियोगिताअन्तर्गत महिलातर्फ प्रतियोगितामा सहभागी नभएकी खेलाडीलाई प्रथम र प्रतियोगितामा सहभागी भएका खेलाडीलाई दोस्रो र तेस्रो घोषणा गरिएपछि विवाद भएको थियो । राउन्ड रोबिनका आधारमा १६ र १७ गते गरी दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा पुरुषतर्फ प्रतिस्पर्धाका आधारमा विजेता घोषणा गरिए पनि महिलातर्फ भने आयोजकले सहभागी नभएकी खेलाडीलाई प्रथम घोषणा गरेका थिए ।

प्रदेश स्क्वास र्‍याकेट संघ गण्डकीका अध्यक्ष अशोक रञ्जितले घटनामा आफूहरूको कुनै स्वार्थ नभएको र प्राविधिक विषयमा स्पष्ट नहुँदा यस्तो हुन पुगेको बताएका छन् । यसअघि प्रथम घोषणा गरिएकी खेलाडी स्क्वासको राष्ट्रिय खेलाडी हुन् । उनले आठौँ राष्ट्रिय खेलकुदमा स्वर्ण जितेकी थिइन् । आयोजकले आगामी दशौँ राष्ट्रिय खेलकुदमा स्वर्ण सम्भावना ती खेलाडीलाई विजेता घोषणा गरेको बताएको छ ।