Skip This
कृषि उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नुपर्छः उपाध्यक्ष घिमिरे
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १९ शनिबार
  • Saturday, 05 October, 2024
२o८१ असोज १९ शनिबार १६:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कृषि उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नुपर्छः उपाध्यक्ष घिमिरे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १९ शनिबार १६:४९:oo

राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले कृषि उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नुपर्ने बताएकी छन्।

सुनसरीको तरहरामा रहेको प्रादेशिक कृषि अनुसन्धान केन्द्रको शुक्रबार र शनिबार अवलोकन गर्दै बढ्दो आयातलाई आयात प्रतिस्थापन गर्न कृषि उत्पादन बढाउनुपर्ने उनको भनाइ छ।

उपाध्यक्ष विमला घिमिरेले नेपालमा कृषि उत्पादन बढाउन सकिने ठूलो सम्भावना भए पनि आयातमा निर्भर रहनु विडम्बनापूर्ण भएको बताइन्। 

‘नेपालमा कृषि उत्पादन बढाउने सम्भावना छ तर, उत्पादन वृद्धि र  आयात प्रतिस्थापन प्रमुख चुनौतीको रूपमा देखिएको छ,’ उनले भनिन्, ‘खाद्यान्न, फलपूmल, दूध र मासु उत्पादन बढाउन सकेमा वैदेशिक व्यापार घाटा धेरै घटेर जानेछ।’ तीनै तहका सरकारको प्रमुख जोड नै कृषिउपजको आयात प्रतिस्थापन गर्ने र निर्यात बढाउने हुनुपर्छ।’ 

उनले प्रादेशिक कृषि अनुसन्धान केन्द्रमा भैंसीका विकास कार्यक्रमको अनुगमन गरिन्। अनुसन्धान केन्द्रले सीमित स्रोतसाधनका बाबजुद अनुसन्धानका क्षेत्रमा गरेको प्रयासको सराहना गर्दै समस्याहरू समाधानका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराउने प्रतिबद्धतासमेत व्यक्त गरिन्।

अवलोकनमा राष्ट्रिय सभा सदस्य रुक्मिणी कोइरालालगायत स्थानीय तहका जनप्रतिनिधि पनि सहभागी थिए। अनुसन्धान केन्द्रका  प्रादेशिक प्रमुख गोविन्द तिम्सिना र जुट विकास कार्यालयका प्रमुख सन्तोष त्रिपाठीले कार्यक्रमहरूका बारेमा जानकारी गराएकी थिइन्।