Skip This
मधेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २३ आइतबार
  • Saturday, 05 October, 2024
हदिश खुद्दार जनकपुरधाम
२o८१ असार २३ आइतबार o६:५४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मधेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत 

Read Time : > 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ असार २३ आइतबार o६:५४:oo

चार दलका ६ मन्त्री बर्खास्त, कांग्रेस र लोसपा सरकारमा भित्रिँदै

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएका छन् । जसपाका सरोजकुमार यादव नेतृत्वको सरकारलाई विस्थापित गरी मुख्यमन्त्री बनेका सिंहले शपथ लिएको ३०औँ दिनमा शनिबार विश्वासको मत लिएका हुन् । मुख्यमन्त्री सिंहसहित मन्त्रीहरूले २५ जेठमा पद तथा गोपनीयताको शपथ लिएका थिए ।

प्रदेश सभामा उपस्थिति १०१ मध्ये ६७ सांसदले सिंहको पक्षमा र ३४ जनाले विपक्षमा मत दिएका छन् । मुख्यमन्त्रीलाई सदनको सबभन्दा ठूलो दल एमाले, कांग्रेस र लोसपाले विश्वासको मत दिएको छ । जसपा नेपाल, माओवादी, एकीकृत समाजवादी र नेपाल संघीय समाजवादी पार्टीका सांसदले विपक्षमा मतदान गरेका छन् । मुख्यमन्त्री सिंहले आइतबार नै कांग्रेस र लोसपालाई लिएर सरकार विस्तार गर्ने तयारी गरेका छन् । दुवै दलले मन्त्रीको नाम नपठाउँदा आइतबार मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । 

मुख्यमन्त्री सिंहले सत्तापक्ष र प्रतिपक्षी दल भए पनि मधेश प्रदेशको विकास र संघीयता र संविधानको संरक्षणको सवालमा सबै दलको एकमत रहनुपर्ने बताए । मधेश प्रदेश नै संघीयताको जननी रहेको उल्लेख गर्दै उनले भने, ‘देशमा देखिएको राजनीतिक अस्थिरताले विकास निर्माण सुस्त हुन पुगेका वेला बनेको वर्तमान गठबन्धनले विकास निर्माण गति प्रदान गर्नेमा विश्वास लिएको छु ।’ सिंहले विश्वासको मत लिनुअघि शनिबार नै माओवादीसहितका ६ मन्त्रीलाई बर्खास्त गरेका थिए । सरकारमा सहभागी माओवादी, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टीका मन्त्री बर्खास्तीमा परेका थिए । सिंहले माओवादीबाट अर्थमन्त्री बनेका भरतप्रसाद साह र उद्योग वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई, एकीकृत समाजवादीबाट कृषिमन्त्री बनेका गोविन्द न्यौपाने र खानेपानीमन्त्री बेची लुंगेली, नेपाल संघीय समाजवादी पार्टीबाट गृहमन्त्री बनेकी विमला अन्सारी र नागरिक उनमुक्ति पार्टीबाट यातायातमन्त्री बनेकी उर्मिला सिंहलाई बर्खास्त गरेका हुन् । 

केन्द्रमा फेरिएको गठबन्धनअनुसार नै नयाँ सरकार गठन गर्नुपर्ने भएकाले ६ मन्त्रीलाई बर्खास्त गरिएको सिंहले बताए । बर्खास्त गर्नुअघि मन्त्रीहरूलाई राजीनामा दिन भनेको, तर राजीनामा नदिने बरु बर्खास्त नै गर्न भनेपछि बर्खास्त गरिएको सिंहको भनाइ छ ।