Skip This
आज पनि धेरै ठाउँमा वर्षाको आकलन, सुदूरपश्चिम बढी प्रभावित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २३ आइतबार
  • Saturday, 05 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार २३ आइतबार o६:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

आज पनि धेरै ठाउँमा वर्षाको आकलन, सुदूरपश्चिम बढी प्रभावित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार २३ आइतबार o६:२५:oo

मनसुन देशभर एकसाथ सक्रिय हुँदा शुक्रबारदेखि झमझम पानी परेको छ । यसमध्ये पनि बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा भीषण वर्षा भएको छ । यसबाहेकका अन्य प्रदेशका केही ठाउँमा पनि भीषण वर्षा भएको छ ।

यस अवधिमा पूर्वतिर सिन्धुलीदेखि पश्चिम पहाडमा प्युठान र तराईमा बाँके–बर्दियासम्म भीषण वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार २४ घण्टामा सबैभन्दा बढी वर्षा पाल्पाको कुमालगाउँमा ३९० मिलिमिटर मापन भएको छ, यो घनघोर वर्षा हो । विभागको तथ्यांकअनुसार पाल्पाको गण्डाकोटमा ३०५, स्याङ्जामा ३०२, दाङको लमहीमा २६७, प्युठानमा २६३ मिलिमिटर वर्षा मापन भएको छ ।

लमजुङ र पर्सामा समान १८४, ललितपुर लेलेमा १६८, सिन्धुलीमा १५८, काठमाडौं धापड्याममा १५३ मिलिमिटर वर्षा रेकर्ड भएको छ । मौसम पूर्वानुमान महाशाखाले गत बिहीबार विशेष बुलेटिन जारी गर्दै आइतबारसम्म देशभर वर्षा हुने र त्यसमा पनि पश्चिम नेपालमा भीषण वर्षाको चेतावनी दिएको थियो ।

शुक्रबारदेखिको झरी आइतबारसम्म कायमै रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् चिरञ्जीवी भेटवालका अनुसार आइतबार देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ । तर, पश्चिम नेपाल त्यसमा पनि सुदूरपश्चिमा धेरै वर्षाको सम्भावना छ ।

‘उत्तरप्रदेशमा बनेको न्यूनचापीय क्षेत्र सक्रिय बनेको छ, यसको असर त्यहाँ बढी देखिन्छ,’ उनले भने, ‘आइतबार सुदूरपश्चिमका पहाडी र तराई क्षेत्रमा नै पानी पर्ने देखिन्छ ।’ त्यसबाहेक गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा अति भारी वर्षाको चेतावनी दिइएको छ । कोशी, बागमतीका र मधेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुने देखिएको छ ।