Skip This
नौ जिल्लामा बाढीको जोखिम : नारायणी र पश्चिम राप्तीको जलसतहले सतकर्ता पार गर्‍यो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २२ शनिबार
  • Saturday, 05 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार २२ शनिबार ११:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नौ जिल्लामा बाढीको जोखिम : नारायणी र पश्चिम राप्तीको जलसतहले सतकर्ता पार गर्‍यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार २२ शनिबार ११:५६:oo

अविरल वर्षासँगै बाढीपहिरोको जोखिम पनि बढेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज शनिबार नौ जिल्लामा बाढीको जोखिम छ । नारायणी र पश्चिम राप्ती नदीको जलसतहले सतकर्ता पार गरेपछि तटीय क्षेत्रका नागरिकलाई सतकर्ता अपनाउन भनी एसएमएस पठाइएको छ।

नारायणी नदीको देवघाट जलमापन केन्द्रमा बिहान जलसतह ७.३ मिटर पुगेको छ। नदीको बहाव बढ्दो क्रममा छ। नवलपरासी र चितवनको नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ। 

यसैगरी, पश्चिम राप्तीको कुसुम जलमापन केन्द्रमा पनि जलसतहले सतकर्ता तह (६ मिटर) पार गरेको छ। बहाव बढ्ने क्रममा रहेकाले बाँकेका नदी तटीय क्षेत्रमा शनिबार साँझसम्म सतकर्ता अपनाउन आह्वान गरिएको छ।

महाशाखाले शनिबार र आइतबार बागमती, नारायणी, कालीगण्डकी, मस्याङ्दी, बबई, पश्चिम राप्ती, महाकाली र पश्चिम सेतीसहित अन्य साना नदी, खोलामा बहाब बढ्ने आकलन गरेको छ।

जसकारण आज शनिबार पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, दाङ, कैलाली, कञ्चनपुर, डोटी र डडेल्धुरा तथा आसपासका जिल्ला भइ बहने ससाना नदीमा बहाब बढिरहेकाले आकस्मिक बाढीको चेतावनी दिइएको छ।