Skip This
हेटौंडा-काठमाडौं जोड्ने दक्षिणकाली र सिस्नेरी सडकखण्ड अवरुद्ध 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २२ शनिबार
  • Saturday, 05 October, 2024
नयाँ पत्रिका मकवानपुर
२o८१ असार २२ शनिबार o८:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हेटौंडा-काठमाडौं जोड्ने दक्षिणकाली र सिस्नेरी सडकखण्ड अवरुद्ध 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मकवानपुर
नयाँ पत्रिका
२o८१ असार २२ शनिबार o८:४४:oo

हेटौंडा-काठमाडौं जोड्ने दुईवटा मार्गहरु पहिरोका कारण अवरुद्ध भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर दिएको जानकारी अनुसार गएरातीदेखि आएको अविरल बर्षाको कारण दक्षिणकाली सडकखण्ड र सिस्नेरी सडकखण्डमा यातायात अवरुद्ध भएको हो । 

दक्षिणकाली सडकखण्ड अन्तर्गत मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर २ छेपारेमा बर्षाको कारण सडक माथिबाट पहिरो आई बाटो पुर्णरुपमा अवरुद्ध भएको छ ।

यस्तै सिस्नेरी सडकखण्डको विभिन्न स्थानमा पहिरो खस्दा बाटो अवरुद्ध छ । अहिले पनि अबिरल बर्षा भइरहेका कारण तत्काल बाटो खुलाउन नसकिने प्रहरीले जनाएको छ ।

बाटो खुलाउनको लागि सडक विभागसँग समन्वय भईरहेको प्रहरीले जनाएको छ । यता हेटौंडाबाट काठमाडौं जाने कुलेखानी फाखेल सडकखण्ड भने सुचारु रहेको छ ।