Skip This
देशभर २१.३% रोपाइँ सम्पन्न
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २२ शनिबार
  • Saturday, 05 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार २२ शनिबार o८:o५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

देशभर २१.३% रोपाइँ सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार २२ शनिबार o८:o५:oo

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार १८ असारसम्म देशभर २१.३ प्रतिशत रोपाइँ भएको छ । सबै क्षेत्रमा मनसुन सक्रिय हुन थालेकाले रोपाइँ धमाधम भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. हरि केसीका अनुसार सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ५४.२ प्रतिशत रोपाइँ सकिएको छ । तुलनात्मक रूपमा रोपाइँ हुने क्षेत्रफल कम भएको र जेठदेखि नै किसानले रोपाइँ गर्न थालेकाले अन्य प्रदेशभन्दा बढी प्रगति देखिएको मन्त्रालयले जनाएको छ । सुदूरपश्चिममा यो वर्ष एक लाख ७४ हजार पाँच सय ७६ हेक्टर जमिनमा रोपाइँ हुने अनुमान छ ।

कर्णाली प्रदेशमा ४७.५ प्रतिशत रोपाइँ सकिएको छ । यहाँ सबैभन्दा कम ४१ हजार नौ सय चार हेक्टरमा रोपाइँ हुने अनुमान छ । धान धेरै उत्पादन हुने मधेश र कोशी प्रदेशमा रोपाइँ बल्ल सुरु भएको छ । मन्त्रालयका अनुसार मधेशमा ८.२ प्रतिशत मात्रै रोपाइँ भएको छ । यहाँ सबैभन्दा बढी तीन लाख ८३ हजार एक सय ५० हेक्टरमा रोपाइँ हुने अनुमान छ ।

त्यस्तै, कोशीमा १३.७ प्रतिशत रोपाइँ भएको छ । यहाँ दुई लाख ७६ हजार तीन सय ८६ हेक्टरमा रोपाइँ हुने अनुमान छ । बागमतीमा १९.६ प्रतिशत, गण्डकीमा २१.३ प्रतिशत र लुम्बिनीमा २२.८ प्रतिशत रोपाइँ सकिएको छ । बागमतीमा एक लाख १२ हजार दुई सय ७३ हेक्टरमा, गण्डकीमा ९८ हजार नौ सय चार हेक्टरमा र लुम्बिनीमा तीन लाख ११ हजार ६ सय ४३ हेक्टरमा रोपाइँ हुने अनुमान छ । मन्त्रालयका अनुसार गत वर्ष यही समयमा २२ प्रतिशत रोपाइँ सकिएको थियो ।