Skip This
युरो २०२४ : आयोजक जर्मनीलाई हराउँदै स्पेन सेमिफाइनलमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २२ शनिबार
  • Saturday, 05 October, 2024
२o८१ असार २२ शनिबार o७:३६:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

युरो २०२४ : आयोजक जर्मनीलाई हराउँदै स्पेन सेमिफाइनलमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २२ शनिबार o७:३६:oo

स्पेनले आयोजक जर्मनीलाई २–१ ले हराउँदै युरो २०२४ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । स्टुगार्ट रंगशालामा शुक्रबार भएको पहिलो क्वार्टरफाइनलको निर्धारित ९० मिनेट स्पेन र जर्मनीले १–१ को बराबरी खेलेका थिए । त्यसपछि अतिरिक्त ३० मिनेटको समय थप भएको थियो । यसै अतिरिक्त समयको ११९आँै मिनेटमा स्पेनका मिकेल मारिनोले उत्कृष्ट हेडिङ गोल गर्दै स्पेनलाई २–१ को अग्रता दिलाए । उनले डानी ओल्मोको लामो पासमा हेडिङ गोल गर्दा जर्मनीका गोलरक्षक नुएरले छेक्ने अवसर नै पाएनन् । 

स्पेन र जर्मनी युरोका सर्वाधिक तीनपटकका विजेता हुन् । अब स्पेन चौथोपटक उपाधि दौडमा अगाडि बढेको छ । स्पेन अब सेमिफाइनलमा पोर्चुगल र फ्रान्सबीचको विजेताविरुद्ध प्रतिस्पर्धा गर्नेछ । मेजर फुटबल प्रतियोगितामा जर्मनीले सन् १९८८ पछि स्पेनलाई हराउने सपना यसपटक पनि अधुरो रह्यो । सन् १९८८ को युरोमा जर्मनीले अन्तिमपटक स्पनेलाई हराएको थियो ।  

निर्धारित समयमा १–१ को बराबरी
पहिलो हाफमा जर्मनी र स्पेनले गोलरहित बराबरी खेलेका थिए । खेलको ५१औँ मिनेटमा स्पेनले घरेलु टोलीविरुद्ध १–० को अग्रता लियो । डानी ओल्मोले पोस्टभन्दा १६ यार्ड टाढाबाट प्राप्त क्रसबारमा गोल गरेका थिए । उनले लामिने यामलको सटीक पासमा गोल गरेका हुन् । खेलमा एक गोलले पछि परेको जर्मनीले आक्रामक रूपमा प्रतिस्पर्धा गरेको थियो । 

दोस्रो हाफमा जर्मनीका सर्वाधिक अनुभवी खेलाडी थोमस मुलर मैदानभित्र छिरेका थिए । यद्यपि, उनले युरो इतिहासमा गोल गर्न सकेका छैनन् । 

स्पेनले जर्मनीको निरन्तर गोल प्रयास झेल्न सकिरहेको थिएन । खेलको ८९औँ मिनेटमा जर्मनीले १–१ को बराबरी गोल फर्कायो । जर्मनीलाई फलोरिन विटजले बराबरी गोलमा फर्काएका हुन् । उनले डिबक्सभित्रै प्रहार गरेको बल दोस्रो बारमा लाग्दै गोलमा परिणत भएको थियो । खेलको १०७औँ मिनेटमा जर्मनीले पेनाल्टी अपिल गरेको थियो । जर्मन खेलाडी जमाल मुसिलाको प्रहार डिबक्स लाइनमा रहेका मार्काको हातमा लागेको थियो । तर, रेफ्रीले जर्मनीको अपिल अस्वीकार गरे ।