१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १५ शनिबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १५ शनिबार o७:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

साउनमा सीपयुक्त तालिम सञ्चालन गरिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १५ शनिबार o७:३८:oo

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले साउनदेखि लागू हुने गरी मुलुकभर सीपमूलक तालिम कार्यक्रमको आयोजना गर्ने बताएका छन् ।

शुक्रबार धादिङको नीलकण्ठ नगरपालिकाले आयोजना गरेको ‘युवा सीप तालिम तथा रोजगार मेला’को उद्घाटन गर्दै मन्त्री अर्यालले सीपमूलक तालिम कार्यक्रममा सहयोग गर्न प्रदेश र स्थानीय सरकारलाई आग्रह पनि गरेका छन् । वैदेशिक तथा आन्तरिक रोजगारी गर्ने श्रमिकका लागि सीप अपरिहार्य रहेको मन्त्री अर्यालले बताए । ‘सीप भएको श्रमिकले राम्रो आम्दानी गर्न सक्छ । सम्भावित दुर्घटनाबाट बच्न सक्छ । बाध्यकारी वैदेशिक रोजगारीमा रहँदा पनि आफ्ना सपना पूरा गर्न सक्छ,’ उनले भने, ‘त्यसैले सीपमूलक तालिम कार्यक्रममा ठूलो लगानी गर्नुपर्नेछ ।’  

मन्त्री अर्यालले आन्तरिक रोजगारीलाई प्रवद्र्धन र व्यवस्थित गर्न मन्त्रालयले रोजगार बैंकको बृहत् अवधारणालाई अघि सारेको बताए । बैंकमा वैदेशिक रोजगारीबाट फर्केका सबै श्रमिकको तथ्यांक संकलन हुनेछ । ‘विदेशबाट फर्केका श्रमिक तथा उनीहरूको सीपबारे तथ्यांक राखिनेछ । भारतबाट फर्केका श्रमिकको पनि तथ्यांक राखिनेछ । तथ्यांकअनुसार नै आन्तरिक रोजगारीको रणनीति तयार गर्नेछौँ,’ उनले भने । 

ad
ad
ad
ad