१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १७ सोमबार
  • Wednesday, 03 July, 2024
२o८१ असार १७ सोमबार १२:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

एनआइसी एसियाको मास्टर कार्ड भारत र भुटानमा पनि चल्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १७ सोमबार १२:o७:oo

एनआइसी एसिया बैंकले पोखरामा एक कार्यक्रमबीच आइतबार मास्टर कार्ड जारी गरेको छ । बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउन मास्टर कार्डसँगको सहकार्यमा कार्ड जारी गरेको बैंकका गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्माले जानकारी दिए ।

बैंकले हालसम्म भिसा कार्डबाट सेवा प्रदान गरिरहेकोमा अब मास्टर कार्डबाट समेत सेवा प्रदान गर्ने शर्माले बताए । डेबिट कार्डका रूपमा प्रयोग गर्न सकिने कार्ड बैंकका सम्पूर्ण शाखा कार्यालयबाट ग्राहकले प्राप्त गर्न सक्छन् । कार्ड लिने ग्राहकका लागि पहिलो वर्ष निःशुल्क र त्यसपछि भिसा कार्डमा सेवा शुल्क लाग्ने शर्माले बताए । 

बैंकका चिफ डिजिटल स्टार्टेजी अफिसर नरेन्द्र मैनालीका अनुसार कार्डमार्फत प्रयोगकर्ताले नेपाल, भारत र भुटानबाट एटिएम विथ ड्रलका साथमा पस तथा इ–कमर्स भुक्तानीलगायतका सेवा उपभोग गर्न सक्छन् । डलर कार्डमार्फत विश्वका दुई सय १० मुलुकमा पनि प्रयोग गर्न सकिने मैनालीले बताए । 

ad
ad
ad
ad