१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १९ बुधबार
  • Friday, 05 July, 2024
२o८१ असार १९ बुधबार १o:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

अवरुद्ध बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङखण्ड सञ्चालनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १९ बुधबार १o:२६:oo

अविरल वर्षाका कारण पहिरोले अवरुद्ध बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङखण्ड सञ्चालनमा आएको छ । लमजुङकाे बेँसीसहर नगरपालिका– ६ खरखरे र मर्स्याङ्दी गाउँपालिका– ९ गोपालडाँडामा आएको पहिरो  हटाएसँगै लमजुङखण्डको सडक सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार उक्त स्थानको पहिरो हटाएर र अक्टोपस झरनामा पानी कम भएपछि सवारीसाधन सञ्चालनमा आएका छन् । लमजुङखण्डमा सडक सञ्चालन भए पनि मनाङखण्ड भने अवरुद्ध भइरहेको छ । मंगलबार राति चामे गाउँपालिका– १ तिमाङ खोलाले काठेपुल बगाएपछि हालसम्म सवारी सञ्चालन हुन सकेको छैन ।

ad
ad
ad
ad