१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ७ शुक्रबार
  • Saturday, 28 September, 2024
२o८१ असार ७ शुक्रबार १o:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रूपचन्द्र विष्टको स्मृतिमा थाहामा आज सार्वजनिक बिदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार ७ शुक्रबार १o:५८:oo

मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकाले आज शुक्रबार सार्वजनिक बिदा दिएको छ । थाहा दर्शनका प्रवर्तक स्व. रूपचन्द्र विष्टको २५औँ स्मृति दिवसको अवसरमा नगरपालिकाले आज सार्वजनिक बिदा दिएको हो  ।

१९९० पुस २६ गते साबिकको दामन गाविस- १ हाल थाहा नगरपालिका– ३ मा जन्मिएका विष्टकै नामबाट संघीयता कार्यान्वयन भएपछि ०७३ सालमा थाहा नगर नामकरण गरिएको हो । 

कथनी र करनी एउटै भएका स्व. विष्ट ०३८/०४३ सालमा मकवानपुरबाट राष्ट्रिय पञ्चायत सदस्यमा विजयी भएका थिए। थाहा नगरपालिकाको शिखरकोट बजारमा उनको पूर्णकदकको सालिक निर्माण गरिएको छ । 

स्व. विष्टको योगदानलाई चिरस्थायी बनाउन उनको स्मृति दिवसका दिन पालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको पालिकाका मेयर विष्णु विष्टले बताए ।