१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १२ शनिबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका महाेत्तरी
२o८१ असोज १२ शनिबार १४:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महोत्तरीमा बाढीले दुई जना बगायो, एककाे सकुशल उद्धार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, महाेत्तरी
नयाँ पत्रिका
२o८१ असोज १२ शनिबार १४:१o:oo

महोत्तरीको गौशाला नगरपालिका वडा नम्ब ८ कुस्मादीमा सोनी नदीले दुई बालबालिकालाई बगाएको छ । सोनी नदीको बाढी हेर्न आएका उनीहरुलाई बगाएको हाे ।

१६ वर्षीेय रोहित साह र ११ वर्षीया करिना महतोलाई बाढीले बगाएपछि प्रहरीले खोजी कार्य तिव्र बनाएको थियो । करिब एक घण्टापछि करिनालाई पाँच सय मिटर तल झाडीमा प्रहरीले शकुसल उद्धार गरेको छ । रोहित भने भेटिएका छैनन् ।

उनको खोजिकार्य तिव्र बनाइएको एसपी नकुल पोखरेलले जानकारी दिए ।