१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ३ सोमबार
  • Wednesday, 26 June, 2024
२o८१ असार ३ सोमबार o७:४४:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

युइएफए युरो– २०२४ फुटबल : पोल्यान्डमाथि नेदरल्यान्ड्सको कठिन जित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार ३ सोमबार o७:४४:oo

नेदरल्यान्ड्सले युइएफए युरो– २०२४ फुटबल प्रतियोगितामा आइतबार पोल्यान्डलाई २–१ ले हराएको छ । समूह ‘डी’मा नेदरल्यान्ड्सले पुनरागमन जित निकाली महत्वपूर्ण ३ अंक जोडेको हो । खेलको १६औँ मिनेटमा पोल्यान्डले १–० को अग्रता लिएको थियो । एडम बुक्साले डिबक्सभित्र सटीक हेडिङ गोल गरेका थिए । उनले पिटर जिलिएन्स्कीको कर्नरमा हेडिङ गोल गरेका हुन् । पोल्यान्डले अग्रता लामो समय टिकाउन सकेन । खेलको २९औँ मिनेटमा नेदरल्यान्ड्सले बराबरी गोल फर्कायो । 

कोडी गाक्पोले डिबक्सबाहिरबाट प्रहार गरेको बल पोल्यान्डका डिफेन्डरको खुट्टामा ‘डिफ्लेक्ट’ हुँदै गोल भएको थियो । बराबरी गोल फर्काएपछि नेदरल्यान्ड्स पोल्यान्डमाथि हाबी भएको थियो । पहिलो हाफमा नेदरल्यान्ड्सले थप गोल अवसर चुकाएको थियो । दोस्रो हाफमा पोल्यान्डले केही अवसर खेर फालेको थियो । नेदरल्यान्ड्स आक्रामक रूपमा प्रस्तुत हुँदा पोल्यान्डका डिफेन्डर दोस्रो हाफमा व्यस्त बनेका थिए । 

खेलको ८३औँ मिनेटमा नेदरल्यान्ड्सले २–१ को अग्रता बनाएको थियो । वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका बाउट वेगहोस्र्टले खेलमा पहिलोपटक डच टोलीलाई अग्रता दिलाए । डिबक्सभित्र उनको प्रहार पोल्यान्डका डिफेन्डरको खुट्टामा लागेर गोल भएको थियो । अब यस समूहको अर्को खेलमा नेदरल्यान्ड्सले शुक्रबार पूर्वविजेता फ्रान्सको सामना गर्नेछ । यसै दिन पोल्यान्ड र अस्ट्रियाबीच खेल हुनेछ । 

बेन्चमा लेवान्डोस्की
नेदरल्यान्ड्ससँगको महत्वपूर्ण खेलमा पोल्यान्डले अनुभवी स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई बेन्चमा राखेको थियो । बार्सिलोनाका स्ट्राइकरसमेत रहेका लेवान्डोस्की पहिलो प्लेइनिङ ११ मा नपरेपछि समर्थक निराश बनेका थिए । मध्यान्तरपछि उनी मैदानमा उत्रने आशा गरेका थिए । तर, लेवान्डोस्कीले खेलमा मौका नै पाएनन् ।

खेलको अधिकांश समय उनले खेलाडीलाई हौसाउने काम गरे । लेवान्डोस्कीको स्थानमा बुस्काले अवसर पाएका हुन् । बुस्काले प्राप्त अवसरमा प्रशिक्षकलाई निराश पारेनन् । पहिलो हाफमा उनले प्रभावशाली प्रदर्शन गर्न सफल भए । बुस्काले नै पोल्यान्डलाई अग्रता गोल गरेका हुन् । पोल्यान्डका प्रशिक्षकले लेवान्डोस्की फिट नभएका कारण नेदरल्यान्ड्सविरुद्धको खेलमा समावेश नगरिएको जनाएका छन् ।

ad
ad
ad
ad