१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ११ मंगलबार
  • Saturday, 28 September, 2024
२o८१ असार ११ मंगलबार o६:१२:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइसिसी टी–२० विश्वकप : भारतको जितले अफगानिस्तान  र बंगलादेशलाई मौका

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ असार ११ मंगलबार o६:१२:oo

आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा भारतले अस्ट्रेलियालाई २४ रनले हराएको छ । सुपर एटको समूह ‘१’ मा सोमबार भारतको जितसँगै अफगानिस्तानसँगै बंगलादेशको सेमिफाइनल पुग्ने सम्भावना बढेको छ । अफगानिस्तानले मंगलबार बंगलादेशविरुद्ध खेल्नेछ । यस समूहमा भारतले तीन खेलमा सर्वाधिक ६ अंक जोड्दै अन्तिम चारको स्थान पक्का गरेको छ । हारले अस्ट्रेलियाको अन्तिम चारमा पुग्ने सम्भावना कमजोर बनेको छ । 

अस्ट्रेलिया, अफगानिस्तान र बंगलादेशले समान दुई अंक जोडेका छन् । रनरेटमा अस्ट्रेलियामाथि छ । बंगलादेशलाई हराउँदै अफगानिस्तान सीधै अन्तिम चारमा पुग्नेछ । बंगलादेशको जितले रनरेट आधारमा अन्तिम चार पुग्ने एक टोलीको छिनोफनो हुनेछ । अफगानिस्तानलाई हराउँदा बंगलादेशको पनि दुई अंक हुनेछ । यस्तो अवस्थामा अस्ट्रेलिया, अफगानिस्तान र बंगलादेशका समान दुई अंक हुनेछन् । 

बंगलादेशले अन्तिम चारको स्थान बनाउन अफगानिस्तानमाथि ठूलो रनरेटमा जित निकाल्नुपर्नेछ । सामान्य हार वा जितले बंगलादेश अन्तिम चारमा पुग्न सक्दैन । त्यसपछि अफगानिस्तान र अस्ट्रेलियाबीच रनरेट राम्रो हुने टोलीले सेमिफाइनल स्थान पक्का गर्नेछ । ग्रोस स्लेट मैदानमा पहिलो ब्याटिङ गरेको भारतले २० ओभरमा पाँच विकेट गुमाएर दुई सय पाँच रनको योगफल बनाएको थियो । भारतले चालू विश्वकपमा पहिलोपटक दुई सय योगफल कटाएको हो । 

प्रत्युत्तरमा अस्ट्रेलियाले २० ओभरमा सात विकेटको क्षतिमा एक सय ८१ रन बनायो । अस्ट्रेलियाका लागि टे«भिस हेडले १६ ओभरसम्म जितको आशा दिलाएका थिए । उनले ४३ बलमा नौ चौका र चार छक्का प्रहार गरी ७६ रनको योगदान दिए । मिचेल मार्सले २८ बलमा ३७ रन र ग्लेन म्याक्सवेलले १२ बलमा २० रन बनाए । भारतका लागि अर्सदीप सिंहले ३७ रन खर्चेर तीन विकेट हात पारे ।

रोहितको आक्रामक ब्याटिङ
यसअघि पहिलो ब्याटिङ गरेको भारतले निकै आक्रामक रूपमा ब्याटिङ गरेको थियो । चालू विश्वकपमा खराब प्रदर्शन गरिरहेका ओपनर विराट कोहली पुनः एकपटक डक आउट भएका छन् । उनी इनिङ्सको १.४ ओभरमा हेजलउडद्वारा आउट भए । कोहलीले पाँच बल सामना गरेका थिए । त्यसपछि कप्तान रोहित शर्मा र रिषभ पन्तबीच दोस्रो विकेटका लागि ३८ बलमा ८७ रनको साझेदारी भएको थियो । 

दुवैले भारतलाई ७.६ ओभरमा ९३–२ को स्थितिमा राखे । रिषभले १४ बलमा १५ रन बनाए । रोहितले सूर्यकुमार यादवसँग तेस्रो विकेटका लागि २० बलमा ३४ रन बनाए । टी–२० विश्वकपमा कम बलमा शतकीय इनिङ्स बनाउने नजिक पुगेका रोहित ११.२ ओभरमा बोल्ड भए । उनी मिचेल स्टार्कको ओभरमा बोल्ड भए । उनले ४१ बलमा सात चौका र आठ छक्का प्रहार गरी सर्वाधिक ९२ रन जोडे । 

रोहितले केवल १९ बलमा अर्धशतक जोडेका थिए । अन्तर्राष्ट्रिय टी–२० खेलमा रोहित भारतका लागि सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनले विराटको रेडर्क तोडेका हुन् । रोहितले चार हजार एक सय ६५ रन बनाए । विराटले एक हजार तीन रन जोडेका छन् । भारतले १३.४ ओभरमा एक सय ५० रनको योगफल खडा गरेको थियो । १९.४ ओभरमा भारतको स्कोर दुई सय रन बन्यो । भारतका लागि सूर्यकुमारले १६ बलमा तीन चौका र दुई छक्का प्रहार गरी ३१ रन बनाए । शिभम दुवेले २२ बलमा दुई चौका र एक छक्का प्रहार गरी २८ रन तथा हार्दिक पाण्ड्याले १७ बलमा दुई छक्का र एक चौका प्रहार गरी २७ रन जोडे । अस्ट्रेलियाका लागि मिचेल स्टार्कले ४५ रनमा दुई विकेट लिए ।

दश वर्षपछि दक्षिण अफ्रिका सेमिफाइनलमा 
दक्षिण अफ्रिका दश वर्षपछि टी–२० विश्वकपको सेमिफाइलनमा प्रवेश गरेको छ । सर भिभियन रिचर्ड्स रंगशालामा सोमबार बिहान सुपर एटको अन्तिम खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई डकवर्थ लुइस पद्धतिका आधारमा तीन विकेटले हराउँदै तेस्रोपटक विश्वकपको अन्तिम चारको स्थान पक्का गरेको हो । दक्षिण अफ्रिकाले सन् २००९ र २०१४ मा सेमिफाइनल खेलेको थियो । पहिलो ब्याटिङ गरेको वेस्ट इन्डिजले आठ विकेट गुमाउँदै एक सय ३५ रन बनाएको थियो । प्रत्युत्तरमा दक्षिण अफ्रिकाले १६.१ ओभरमा सात विकेट गुमाउँदै जित निकालेको हो । 

भारी वर्षाले खेल १७ ओभरमा झारिएको थियो । वेस्ट इन्डिजले दुई ओभरमा १५–२ को अवस्थामा ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेल रोकियो । त्यसपछि खेल तीन ओभर छोट्याइयो । चालू विश्वकपमा दक्षिण अफ्रिकाको लगातार सातौँ जित हो । समूह–२ बाट दक्षिण अफ्रिका ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रह्यो । इंग्ल्यान्ड ४ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ सेमिफाइनलमा दक्षिण अफ्रिकाले समूह १ को उपविजेता र इंग्ल्यान्डले विजेतासँग खेल्नेछ । 

अन्तिम ओभरमा जित
वेस्ट इन्डिजविरुद्ध दक्षिण अफ्रिकाले अन्तिम ओभरमा जित निकालेको थियो । १६.१ ओभरमा काक्रो जनसनले ओबेद म्याककोयलाई छक्का प्रहार गर्दै जित दिलाए । उनले १४ बलमा २१ रन बनाए । युवा खेलाडी स्टब्सले २७ बलमा ४ चौकासहित सर्वाधिक २९ रन बनाए । ओपनर क्विन्टन डी कक १२ रन र कप्तान एडेन माक्र्राम १८ ले बनाए । वेस्ट इण्डिजका रोस्टन चेजले ३ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । 

वेस्ट इन्डिजको इनिङ्समा रोस्टन चेजले अर्धशतक बनाए । उनले ४२ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ५२ रन जोडेका हुन् । ओपनर केली मायर्सले ३५ रन बनाए । तेस्रो विकेटलाई मेयर्स र चेजले ६५ बलमा ८१ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए । वेस्ट इन्डिज १२ ओभरमा ८६–३ को अवस्थामा थियो । रसेल ९ बलमा २ छक्कासहित १५, अल्जारी जोसेफले ११ को योगदान गरे ।