१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १२ बुधबार
  • Saturday, 28 September, 2024
तिवारी यादव वीरगन्ज
२o८१ असार १२ बुधबार १२:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदेश सरकारको कार्यक्रममा झुक्याउने काम मात्र हुन्छ : अध्यक्ष श्रेष्ठ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १२ बुधबार १२:२३:oo

पर्साको ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले मधेश प्रदेश सरकारको अन्तर्क्रिया नामक कार्यक्रम सर्वसाधारणलाई झुक्याउने खेल भएको आरोप लगाएका छन् । बुधबार वीरगन्जमा मधेश प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको आयोजनामा ‘घुमौँ मधेश, बुझौँ मधेश’ भन्ने  नाराका साथ भएको अन्तर्क्रिया कार्यक्रममा उनले प्रत्येक साल प्रदेश सरकारले यस्ता कार्यक्रमको आयोजना गरेर प्रदेशका जनप्रतिनिधिसँगै सोझा सर्वसाधारणलाई झुक्याउने गरेको बताए । उनले यी कार्यक्रम उपलब्धिविहीन भएकोसमेत ठोकुवा गरे । 

केही वर्षअघि प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक ठोरीमा बसेर ठाेरी  क्षेत्रका लागि एक कराेडकाे विशेष सहयाेग घाेषाणा गरे पनि उक्त घोषणा पूरा नभएको दुःखेसो गरे । पर्सा जिल्लाको सुदूरपश्चिममा रहेको ठोरी गाउँपालिकाको पर्यटन विकासमा प्रदेश सरकारले केही नगरेको, पटकपटक मिडियामा चर्चा मात्र बटुलेको आरोप लगाए । 

अहिलेसम्म पर्यटन विकासमा संघ र प्रदेश सरकारले केही योगदान नगरेको र भएका विकास स्थानीयकै सहयोगमा भएको उल्लेख गरे । 

यस्तै, बाराको महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रप्रसाद यादवले पनि प्रदेश सरकारले ०७५ सालदेखि नै पर्यटनको क्षेत्रमा विकास गर्ने योजना बनाए पनि अहिले केही वर्षदेखि यसको अन्त्य भएको बुझिएको बताए । उनले प्रदेश सरकारबाट विगत सात वर्षमा केही पनि धार्मिक र पर्यटन क्षेत्रको विकास नभएको गुनासो गरे । प्रदेश सरकार यस क्षेत्रमा नामको मात्र पर्यटन क्षेत्रको विकासमा काम गरिरहेको उनको भनाइ छ । 

साथै उनले विश्वप्रसिद्ध गढीमाई मेलामा २२ देशका करिब एक करोड मान्छे मेला हेर्न आउने भएकाले यसलाई विश्वमा चिनाउने गरी काम गर्ने  बताए ।  कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंह, पर्यटनमन्त्री समीर भट्टराई, प्रदेशका सचिवलगायत प्रदेश सभा सदस्यहरू सहभागी छन् ।