१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १२ बुधबार
  • Saturday, 29 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १२ बुधबार १२:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

समृद्धिका ग्राहकलाई क्यापिटल हस्पिटलमा छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १२ बुधबार १२:o५:oo

समृद्धि फाइनान्सले बागबजारस्थित क्यापिटल हस्पिटलसँग समझदारी गरेको छ । उक्त समझदारीअन्तर्गत फाइनान्सका सेयर सदस्य, कर्मचारी तथा खातावालाले हस्पिटलमा छुट पाउनेछन् ।

छुट अवधि १२ असारदेखि एक वर्षसम्म लागू हुनेछ । फाइनान्सका ग्राहकले मोबाइल बैंकिङ र डेबिड कार्ड प्रयोग गरी क्यापिटल हस्पिटलका विभिन्न सेवा उपभोग गरी भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट पाउनेछन् ।

जसअन्तर्गत अर्थोपेडिकमा १०, स्त्रीरोगमा १०, सामान्य शल्यक्रियामा १०, अल्ट्रा साउन्डमा १५, प्रयोगशाला सेवामा १५, एक्स–रेमा २० प्रतिशत छुट पाउनेछन् । त्यस्तै, फिजियोथेरापीमा १०, फार्मेसीमा १० र बेड चार्जमा पनि १० प्रतिशत छुट प्राप्त गर्ने फाइनान्सले जनाएको छ । 

ad
ad
ad
ad