१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १२ बुधबार
  • Saturday, 29 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १२ बुधबार ११:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

उपप्रमुख डंगोलसँग ल्हासा नगरका प्रतिनिधिमण्डलको भेट 

काठमाडौं महानगरपालिका र ल्हासा नगरपालिकाबिच सन् २०११ सेप्टेम्बरमा भगिनी सम्बन्ध

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १२ बुधबार ११:५o:oo

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विश्वव्यापी महामारीका समयमा ल्हासा नगरले उपलब्ध गराएको स्वास्थ्य सामग्री तथा उपकरण जनसाधारणको स्वास्थ्योपचारमा उपयोग भएको बताएकी छिन् । ल्हासा नगरको अन्तर्राष्ट्रिय मामिलाका निर्देशक झाछिन्कुनको नेतृत्वमा काठमाडौं आएको प्रतिनिधिमण्डलसँग भेट गर्दै उपप्रमुख डंगोलले यस विषयमा जानकारी गराएकी हुन् । 

‘काठमाडौं–ल्हासाको अनौपचारिक सम्बन्ध काठमाडौंमा मानव बसोवास सुरु भएदेखिको हो । यहाँका आदिवासी नेवार समुदायले ल्हासाबाट सुनसहित अन्य सामान ल्याएर व्यापार गर्थे,’ उनले भनिन्, ‘कोभिड– १९ को महामारीले आफैँ संकटमा परेका वेला हाम्रो संकट व्यवस्थापन गर्न प्राप्त सहयोगले जनताको स्वास्थ्योपचारमा काम गर्न पाइयो । यसरी दुई नगरबीचको सम्बन्धको लाभ महानगरवासीस्तरमा पुगेको छ ।’

त्यस क्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भाषा फरक भए पनि भाव एउटै भएको उल्लेख गरे । ‘नेपालीमा प्रचलित उखान छ, ल्हासामा सुन छ कान मेरो बुच्चै । यसले ल्हासाको समृद्धि दर्शाउँछ । हामीले यो उखानजत्तिकै समृद्ध भएको महसुस गरेका छौँ,’ उनको भनाइ थियो । 

ल्हासा र काठमाडौंको सम्बन्ध इतिहास कालदेखिकै हो । भेटका क्रममा ल्हासा नगरका अन्तर्राष्ट्रिय मामिला प्रमुखले भने, ‘अनौपचारिक सम्बन्ध भएको समयभन्दा औपचारिक सम्बन्ध भएको समयलाई थप आत्मीय र गाढा बनाउन चाहन्छौँ ।’ भेटका क्रममा उनले दुई नगरबीच अटुट सांस्कृतिक तथा सामाजिक सम्बन्ध रहेको उल्लेख गरे । प्रशासन विभागका प्रमुख दीपक अधिकारीका अनुसार काठमाडौं र ल्हासा नगरबीच सन् २०११ सेप्टेम्बरमा भगिनी सम्बन्ध स्थापना भएको हो ।  

भगिनी सम्बन्ध स्थापना भएपछि ल्हासा नगरले काठमाडौंको सरसफाइ, सुन्दरता, जनस्वास्थ्य प्रणालीलगायत विभिन्न क्षेत्रमा सहयोग गरेको छ । यस्तै, १० पटक काठमाडौंको भ्रमण भएको छ । काठमाडौं महानगरपालिकाबाट पनि समयसमयमा प्रतिनिधिमण्डलले ल्हासाको सहरी विकास तथा व्यवस्थापनको अवलोकन भ्रमण गरेका छन् ।

यसपटकको भ्रमण प्रतिनिधिमण्डलले ल्हासाले उपलब्ध गराएका स्वास्थ्य उपकरण प्रयोग भएका अस्पतालमा अवलोकन गरेको छ । यस क्रममा सामान तथा उपकरणको उपयोग र यसबाट जनसाधारणमा परेको लाभका विषयमा जानकारी लिएको छ । 
 

ad
ad
ad
ad