१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ३ सोमबार
  • Wednesday, 26 June, 2024
२o८१ असार ३ सोमबार o७:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

गर्मीका कारण बेहोस भएर ढल्दा मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार ३ सोमबार o७:२३:oo

बाँके खजुरामा गर्मीका कारण बेहोस भएर लडेका एकजनाको मृत्यु भएको छ । खजुराका सुनचाँदी व्यवसायी टोपेन्द्र सुनार आइतबार दिउँसो नेपालगन्ज–गुलरिया सडकखण्डअन्तर्गत खजुराको धनौलीमा बेहोस भएर लडेका थिए । उनको गर्मीका कारण हृदयाघात भएर ज्यान गएको भेरी अस्पतालले जनाएको छ । 

खजुरामा मेट्रो ज्वेलर्स सञ्चालन गर्दै आएका सुनार आइतबार अपराह्न घरबाट पसलतर्फ जाँदै गर्दा रिँगटा लागेपछि मोटरसाइकल रोकेर सडक किनारमा बस्नेबित्तिकै बेहोस भएको प्रत्यक्षदर्शी बताउँछन् । खजुराको धनौलीमा बेहोस भएका सुनारलाई स्थानीय र प्रहरीले उद्धार गरी भेरी अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको परिवारजनले जनाएको छ ।

गर्मीका कारण शनिबार मात्र नेपालगन्जस्थित नीलसागर वृद्धाश्रममा बस्दै आएका १०४ वर्षीय कैलाश गिरीको ज्यान गएको थियो । श्वास–प्रश्वासमा समस्या देखिएपछि उनलाई उपचारका लागि भेरी अस्पताल लगिएकामा ज्यान गएको नीलसागर वृद्धाश्रमकी सञ्चालक सरिता खनालले बताइन् । उनी नौ वर्षदेखि नीलसागर वृद्धाश्रममा बस्दै आएका थिए । 

बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले भने गर्मी अत्यधिक बढे पनि गर्मीकै कारण ज्यान गएको घटनाबारे जानकारी नभएको बताए । ‘गर्मीसँगै अन्य कारणले मृत्यु भएको हुन सक्छ,’ उनले भने ।पश्चिम तराईमा तापक्रम उच्च छ । आइतबार नेपालगन्जको तापक्रम ४३.८ डिग्री सेल्सियस मापन भएको छ । 

मौसम पूर्वानुमान महाशाखाले मध्य र पश्चिमतराईमा आगामी बिहीबारसम्म अत्यधिक गर्मीको चेतावनी दिएको छ ।महाशाखाले आइतबार तातो दिन तथा तातो लहरसम्बन्धी बुलेटिन जारी गर्दै ६ असारसम्म पश्चिमतराईमा तातो हावा तथा तातो लहर कायमै रहने बताएको हो ।

ad
ad
ad
ad