१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २ आइतबार
  • Sunday, 23 June, 2024
नयाँ पत्रिका मकवानपुर
२o८१ असार २ आइतबार १o:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

मकवानपुरमा एकजना पुरुषको लडेर मृत्यु, एक गम्भीर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मकवानपुर
नयाँ पत्रिका
२o८१ असार २ आइतबार १o:५१:oo

मकवानपुरमा एकजना पुरुषको लडेर मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । मकवानपुर प्रहरीका अनुसार लडेर मृत्यु हुनेमा मकवानपुरका ५६ वर्षीय कर्णबहादुर ब्लोन रहेका छन् ।

स्थानीय गुम्बामा लेबर काम गरेर घर फर्कने क्रममा शनिबार राति बाटोबाट करिब ५० मिटर तल खसेर ब्लोनकाे मृत्यु भएको हो । ब्लोनले मादक पदार्थ सेवन गरेको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

मापसे गरेर सडकबाट तल खसेको अवस्थामा उनको शव फेला परेको प्रवक्ता भण्डारीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

एकजना गम्भीर घाइते

यस्तै, नेपाल विद्युत् प्राधिकरण केन्द्रीय वर्कसपमा जडान गरिएको ओभरहेड क्रेनको पुल्ली मर्मत गर्ने क्रममा लडी हेटौँडा उपमहानगरपालिका– १ चाइना क्वार्टरका ३५ वर्षीय झलकचन्द्र दाहाल गम्भीर घाइते भएका छन्।

क्रेनबाट लडेका उनलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पतालमा ल्याइएकोमा सामान्य उपचारपछि थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर पठाइएको प्रहरीले जनाएको छ । घाइते दाहलको टाउको र तिघ्रामा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरी प्रवक्ता भण्डारीले जानकारी दिए ।

ad
ad
ad
ad