१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २ आइतबार
  • Sunday, 23 June, 2024
फिलिप लेग्रेन
२o८१ असार २ आइतबार १o:२३:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

युरोपले उग्र दक्षिणपन्थी उभारको प्रतिरोध गर्नैपर्छ 

Read Time : > 2 मिनेट
फिलिप लेग्रेन
नयाँ पत्रिका
२o८१ असार २ आइतबार १o:२३:oo

उग्र दक्षिणपन्थी शक्तिको उदयका सन्दर्भमा मूलधारका इयू समर्थक दलसँग तीन विकल्प छन्– यथास्थिति, आत्मसात् वा प्रतिवाद

फ्रान्स, इटली र अन्य तीन राष्ट्रमा भएको मतदानमा उग्र–दक्षिणपन्थी लोकरिझ्याइँवादी पार्टीले युरोपेली संसद्को चुनावमा उत्कृष्ट प्रदर्शन गरेका छन् । तिनले लगभग एकचौथाइ सिट सुरक्षित गरेका छन् र यी केवल मध्य–दक्षिणपन्थी पार्टीभन्दा पछाडि छन् । युक्रेन द्वन्द्व, अमेरिकामा ट्रम्पको सम्भावित पुनरागमन, आर्थिक स्थिरता, कल्याणकारी योजनासँग सम्बन्धित तनाव र जलवायु संकटजस्ता चुनौतीबीच यी राष्ट्रवादीले गम्भीर खतरा निम्त्याएका छन् । प्रायः पुटिनसँग नजिक हुन खोज्ने यो तप्काले हरित पहल, आप्रवासी मामिला र युरोपियन युनियन (इयू) का संस्थाको विरोध गर्छ । 

मूलधारका इयू समर्थक पार्टीसँग तीनवटा विकल्प छन्– यथास्थिति, आत्मसात् वा प्रतिवाद । धेरैले गल्तीले कम मतदान र विरोधी भोटका कारण इयू चुनावलाई तुच्छ ठान्छन् । यसका बाबजुद पनि इयू समर्थक दलले अर्को संसद्मा बहुमत कायम राख्ने सम्भावना छ । युरोपेली आयोगका वर्तमान अध्यक्ष उर्सुला भोन डेर लेयनको नेतृत्वमा रहेको युरोपियन पिपुल्स पार्टी (इपिपी)ले पनि केही सिट जितेको छ । यसबाहेक उग्र दक्षिणपन्थी दल आन्तरिक रूपमा विभाजित छन् । युक्रेन युद्ध, आर्थिक नीति, यौनिक एवं लैंगिक अल्पसंख्यकको अधिकार र इयू प्रणालीसँग काम गर्ने वा नगर्नेलगायत मुद्दामा रहेका असहमतिले यो तप्काको प्रभावलाई कमजोर पारेको छ ।

यथास्थितिलाई स्विकार्नु जोखिमपूर्ण छ । मध्यपन्थी शक्तिको बल यसको फराकिलो परिभाषामा निहित छ, जसमा अब इपिपी र एस एन्ड डी मात्र नभई रिन्यु युरोप र ग्रिन्स पनि समावेश छन् । भोन डेर लेयनलाई पुनः निर्वाचित हुन पर्याप्त समर्थन हुन सक्छ, तर यो एकदमै सानो अन्तर हो । गोप्य मतदानमा हुने अनिश्चितताका कारण लेयनको निर्वाचन अनिश्चित छ । 

निर्वाचनले प्रमुख सदस्य राष्ट्रको राजनीतिलाई नयाँ आकार दिएको छ । नवनाजी सम्बद्धता र रुस एवं चीनसँगको सम्बन्धको चिन्ताका क्रममा जर्मन चान्सलर ओलाफ स्कोल्जको एसपिडीपछि त्यहाँको उग्र दक्षिणपन्थी एएफडीले जर्मनीमा दोस्रो स्थानमा पाएको छ । फ्रान्समा, नेसनल र्‍यालीले ३२ प्रतिशत मत प्राप्त गरेको छ, त्यहाँका राष्ट्रपति म्याक्रोको मध्यपन्थी सहयोगीलाई दोब्बर बनाउँदै उनलाई तत्काल चुनावका लागि आह्वान गर्न प्रेरित गरेको छ । यसले युरोपका शीर्ष नेतालाई आर्थिक, सुरक्षा र जलवायु संकटबीच सम्भावित रूपमा मध्यपन्थी शिविरलाई छाडेर महŒवपूर्ण रूपमा कमजोर बनाउनेछ ।

दोस्रो विकल्प भनेको उग्र दक्षिणपन्थीलाई अँगाल्नु हो, जुन रणनीति राष्ट्रियस्तरमा प्रायः देखिने गर्छ । धेरै मध्यम–दक्षिणपन्थी पार्टीले उग्र–दक्षिणपन्थी भाष्य र नीति अपनाउँछन्, विशेषतः प्रवासमा । र, केही सदस्य राष्ट्रमा उग्र दक्षिणपन्थीसँग गठबन्धन पनि बनाउँछन् । इयू स्तरमा व्यवहारवादीले केही उग्र–दक्षिणपन्थी पार्टीलाई पुरातनपन्थी मूलधारमा एकीकृत गर्न सकिन्छ भन्ने तर्क गर्छन् । उदाहरणका लागि भोन डर लेयनले इटलीका प्रधानमन्त्री जर्जिया मेलोनीलाई उनको पार्टीको नवफासिस्ट पृष्ठभूमिका बाबजुद साझा पुरातनपन्थी मूल्य र इयू संस्थासँगको सहयोगलाई जोड दिएर सहयोग गरेकी छिन् । 

उग्र दक्षिणपन्थीलाई अँगाल्नाले मध्यम–दक्षिणपन्थीलाई प्रभाव पार्ने र मध्यम–दक्षिणपन्थीको ठाउँ विस्थापित हुने जोखिम हुन्छ । उदाहरणका लागि सन् २०१५ मा मर्केलको खुलापन आज व्यापक शत्रुतामा सर्दै इयूको शरण नीतिमा देखियो । हालैको डच चुनावमा गिर्ट वाइल्डर्सको पिभिभीको विजयले देखाएको यस्तै परिदृश्य देखाएको छ, जहाँ उग्र दक्षिणपन्थी विचारको सामान्यीकरणले तिनको शक्तिलाई बलियो बनाउन सक्छ । यसबाहेक उग्र–दक्षिणपन्थीले गम्भीर परिणाम निम्त्याउन सक्छ । ओर्बानको फिडेज कुनै समय इपिपीको हिस्सा थियो । तर, अहिले लोकतान्त्रिक सिद्धान्तलाई बेवास्ता गर्दै पुटिन समर्थक बनेको छ । त्यसैगरी, कतिपयलाई मेलोनी स्वीकार्य लाग्न सक्छ । तर, फ्रान्सको नेसनल र्‍याली वा जर्मनीको एएफडीजस्ता पार्टी उनीसँग संलग्न हुन इच्छुक छैनन् ।

तेस्रो विकल्प भनेको उग्र दक्षिणपन्थीको सामना गर्नु हो । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँले स्न्याप विधायिका चुनावको आह्वान रोजेका छन्, जुन उनको कम लोकप्रियता र मतदाताको असन्तुष्टिका कारण उच्च जोखिमयुक्त मानिएको छ । म्याक्रोँलाई कमजोर वा उनको बाँकी कार्यकालमा आश्रित छाडेर फ्रान्सले सम्भावित रूपमा उग्र दक्षिणपन्थी प्रधानमन्त्री चयन गर्न सक्छ । आफ्नो गठबन्धनको संसदीय बहुमतको अभाव र अविश्वासको मतको बढ्दो खतरालगायत चुनौतीका बाबजुद पनि म्याक्रोँले राष्ट्रिय सभा भंग गरेर निर्णायक कदम चालेका छन् । यो कदमले दक्षिणपन्थीलाई सामना गर्ने दुइटा अवसर प्रदान गर्छ ।

पहिलो अभियानले उग्र दक्षिणपन्थी खतराको चेतना जगाउन सक्छ । सम्भावित रूपमा म्याक्रोँलाई नेसनल र्‍यालीको विरोध गर्ने वामपन्थी र दक्षिणपन्थी दुवै दलबाट संसदीय बहुमत जुटाउन मद्दत गर्छ । यद्यपि म्याक्रोँको अलोकप्रियतालाई ध्यानमा राख्दा यो नतिजा असम्भव देखिन्छ । 

युके कन्जर्भेटिभ र वाइल्डर्सको पिभिभीसँग देखिएझैँ लोकरिझ्याइँवादी जिम्मेवारीका रूपमा नभई चुनौतीका रूपमा फस्टाउँछन् । यदि नेसनल र्‍यालीले बहुमत प्राप्त गर्छ वा बृहत् दक्षिणपन्थी गठबन्धनको नेतृत्व गर्छ भने यसले कठिन वित्तीय निर्णय र इयू संस्थासँग काम गर्नुपर्ने चुनौतीको सामना गर्न सक्छ । र्‍यालीको कट्टरपन्थी अडानलाई मध्यस्थ बनाउँदा यसको संस्थापनविरोधी अपिल गुम्ने जोखिम हुन्छ, जबकि कट्टरपन्थलाई कार्यान्वयन गर्दा संकट निम्तिन सक्छ । यसले सम्भावित राष्ट्रपतिको चुनावअगाडि मरिन ले पेनको लोकप्रियतालाई कमजोर बनाउन सक्छ । तसर्थ, सन् २०२७ मा एक उग्र दक्षिणपन्थी राष्ट्रपतिको तुलनामा सन् २०२४ मा एक उग्र दक्षिणपन्थी प्रधानमन्त्री उपयुक्त देखिन्छ ।

(लेग्रेन युरोपेली आयोगका अध्यक्षका पूर्वआर्थिक सल्लाहकार हुन्) 
प्रोजेक्ट सिन्डिकेटबाट

ad
ad
ad
ad