१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २ आइतबार
  • Sunday, 23 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार २ आइतबार o९:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

एमाले सरकारले गरेका कामको जिम्मेवारी नलिने रणनीतिमा लाग्यो : गगन थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार २ आइतबार o९:१३:oo

कांग्रेस महामन्त्री गगन थापाले सत्तारूढ दलहरूबीच मतभेद देखिएको र एमालेले सरकारमा भएर पनि नभएको जस्तो व्यवहार गरेको टिप्पणी गरेका छन् । शनिबार कांग्रेस नागार्जुन नगर कार्यसमितिको कार्यक्रममा उनले एमाले सरकारमा रहने, तर सरकारको कामको जिम्मेवारी नलिने रणनीतिमा लागेको आरोप लगाएका हुन् ।

‘सरकारमा आफू बस्ने पनि अनि नागरिकको अगाडि गएर जिम्मा नलिने ? सरकार आफ्नो छ, अनि बजेट माओवादीको जस्तो देखियो भनेर सर्लक्क पन्छिएको छ,’ थापाले भने, ‘अबको दुई–तीन वर्ष सरकारमा पनि रहिरहन चाहन्छ । सबै खेलोफड्को पनि गर्छ, तर सरकारको कामको जिम्मेवारी लिँदैन ।’ थापाले प्रधानमन्त्री प्रचण्डले कांग्रेस सरकारमा रहँदा कांग्रेसका कारण काम गर्न नसकिएको भन्दै पन्छिएको आरोप लगाए ।

एमालेकोे विषयमा पनि प्रधानमन्त्री जिम्मेवार बन्न नसकेको उनको जिकिर थियो । महामन्त्री थापाले प्रचण्ड प्रधानमन्त्री बन्न चाहेको, तर केका लागि भन्ने स्पष्ट कारणबारे जानकार नरहेको दाबी गरे । ‘प्रचण्डजीलाई प्रधानमन्त्री भएर के गर्ने भन्ने मेसो छैन । किन प्रधानमन्त्री हुनुभएको, के गर्ने पनि मेसो छैन,’ थापाले भने ।

ad
ad
ad
ad