१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २ आइतबार
  • Sunday, 23 June, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ असार २ आइतबार o६:२१:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

काठमाडौं महानगरको नीति तथा कार्यक्रम : आगामी वर्ष टुकुचा खुला गर्ने, विश्वविद्यालयका टपरले चाहे सीधै शिक्षक

विश्वविद्यालयका टपरलाई महानगरले सीधै शिक्षक बनाउने 

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार २ आइतबार o६:२१:oo

यी हुन् महानगरले अघि सारेका प्रमुख कार्यक्रम

  • एक घर एक रोजगारी सुनिश्चितता गर्ने
  • फार्मेसी, पोलिक्लिनिक तथा अस्पताललाई व्यवस्थित गर्ने
  • महानगरभित्र धूम्रपान निधेष गर्ने, रैथाने सीप तथा संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा ब्रान्डिङ गर्ने
  • सडकहरूको वैज्ञानिक तथा मौलिक नामकरण गरी घर नम्बर प्रणालीलाई व्यवस्थित गर्ने
  • कुरिअर सेवाका लागि मेट्रो पोस्ट सञ्चालन गर्ने, कतिपय कागजात घरघर तथा कार्यालयमा पुर्‍याइने
  • सार्वजनिक यातायातमा मास पब्लिक ट्रान्सपोर्ट अवधारणाअनुसार विकास गर्ने, रात्रिकालीन बस सेवा पनि सञ्चालन गर्ने
  • पयर्टकीय रुटमा रहेका घरको मोहडा लिच्छविकालीन तथा मल्लकालीन शैली झल्कने गरी निर्माण गरिने
  • बौद्धनाथ स्तुपा र स्वयम्भूलाई महानगरमातहत सञ्चालन गर्ने
  • ऐतिहासिक बस्तीमा नो भेइकल जोनका रूपमा विकास गर्ने
  • ढुंगेधारामा पानी ल्याउन अकासे पानी संकलन गर्ने, नयाँ पोखरी निर्माण गर्न सम्भावित ठाउँ खोज्ने
  • तीनकुने पार्कको जग्गा अधिग्रहणका लागि केन्द्र सरकार र महानगरबीच लागत साझेदारीमा मुआब्जा वितरण गर्ने
  • फोहोरमैला वर्गीकरणमा कडाइ गरिने
  • मेट्रो मार्ट स्थापना गरी विषादीरहित फलफूल तथा तरकारी होम डेलिभरी गर्ने
  • महानगरको सेवा प्रवाहलाई दैनिक १२–१६ घण्टासम्म पुर्‍याइने

काठमाडौं महानगरपालिकाले टुकुचा खोलालाई खुला गर्ने योजना अघि सारेको छ । शुक्रबार महानगरले आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी वर्षभित्रै टुकुचा खोलालाई खुला गर्ने घोषणा गरेको हो । 

‘काठमाडौंको इतिहास र सभ्यतासँग जोडिएको टुकुचालाई खुला गरी प्राकृतिक रूपमा बग्न दिन र संरक्षण गर्न विशेष परियोजना सञ्चालन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘महानगरपालिका क्षेत्रभित्रका अन्य नदी, खोला, खोल्सीको समेत संरक्षण गरी करिडोर विस्तारलाई निरन्तरता दिनेछ ।’ भौतिक संरचनाले कतिपय स्थानमा पूर्ण रूपले छोपिएको टुकुचा खोलालाई महानगरले दुई वर्षअघि पनि खुलाउने प्रयास गरेको थियो । महानगरको यो कार्य विभिन्न अवरोधका कारण रोकिएको थियो । पुरातत्व विभागले समेत खोला छोप्न बनाएको डुँड प्राचीन भएको ठहर गरेपछि महानगर त्यसबाट पछि हटेको थियो ।

टुकुचा खोलाको पाँच सयभन्दा बढी कित्ता मिचिएको छ भने कैयौँ घर बनेका छन् । महानगरका मेयर बालेन्द्र साह निर्वाचित भएलगत्तै उनले टुकुचा खोला खुला गर्ने योजना अघि बढाएका थिए । तर, विवाद भएपछि केही ठाउँमा उत्खनन गरेर महानगरपालिका पछि हटेको थियो । आगामी वर्षको नीति तथा कार्यक्रममा भने महानगरले उक्त अभियानलाई निरन्तरता दिँदै टुकुचा खाली गरिने जनाएको छ । आगामी वर्षको नीति तथा कार्यक्रममा नयाँ र पुराना मिश्रित कार्यक्रम महानगरले अघि सारेको छ । सडकको वैज्ञानिक तथा मौलिक नामकरण गरी घर नम्बर प्रणालीलाई व्यवस्थित गर्ने योजना पनि कार्यक्रममा समेटिएको छ ।

यस्तै, कुरिअर सेवाका लागि मेट्रो पोस्ट सञ्चालन गरिने महानगरले जनाएको छ । कतिपय कागजात घरघर तथा कार्यालयमा पुर्‍याइनेछ । सार्वजनिक यातायातमा मास पब्लिक ट्रान्सपोर्ट अवधारणाअनुसार विकास गर्ने, रात्रिकालीन बस सेवा, पयर्टकीय रुटमा रहेका घरको मोहडा लिच्छविकालीन तथा मल्लकालीन शैली झल्कने गरी निर्माण गरिने, बौद्धनाथ स्तुपा र स्वयम्भूलाई महानगरमातहत सञ्चालन गर्ने, ऐतिहासिक बस्तीमा ‘नो भेइकल जोन’का रूपमा विकास गर्ने योजना पनि वार्षिक नीति तथा कार्यक्रममा समेटिएको छ । 

विश्वविद्यालयका टपरलाई महानगरले सीधै शिक्षक बनाउने 
काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विश्वविद्यालयका गोल्ड मेडलिस्टलाई सीधै शिक्षक बनाउने नीति अघि सारेको छ । महानगरले आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै रिक्त रहेको विद्यालयमा गोल्ड मेडलिस्टलाई शिक्षक पेसामा आबद्ध गराउने घोषणा गरेको हो ।

टपर विद्यार्थी शिक्षक बनेपछि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार हुने अनुमानसहित यो अवधारणा अघि सारिएको हो । यस्तै, विद्यार्थीलक्षित पढ्दै कमाउँदै कार्यक्रमभित्र पार्टटाइम रोजगारको व्यवस्था, पूर्वप्राथमिकत तहदेखि नै खेलकुदका कार्यक्रम अनिवार्य गर्ने, विद्यालयमा स्पोर्टस् एकेडेमी सञ्चालन, वार्षिक एकपटक एकमहिने खेल महोत्सव गर्ने, विद्यार्थीको अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने किसिमका प्रतियोगितामा सहभागी गराउने, दिवा खाजामा डाइट थप गर्ने, सेन्ट्रल किचेन निर्माण गर्ने, छात्रवृत्तिलाई एकद्वारबाट लैजाने, अटिजमलक्षित कार्यक्रम गर्ने, कन्सल्टेन्सीको अनुगमन गर्ने, विद्यालयको चल–अचल सम्पत्तिलाई शैक्षिक प्रयोजनका लागि मात्रै उपयोग गर्ने, स्थानीय पहिचान र मौलिक सभ्यताका विषय समेटिएको संक्षिप्त पाठ्यक्रम तयार गरी विद्यालय तथा क्याम्पसहरूमा अतिरिक्त कक्षा सञ्चालनका लागि सहजीकरण गर्नेलगायत कार्यक्रम अघि सारेको छ । 
 

ad
ad
ad
ad