१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २५ शुक्रबार
  • Thursday, 17 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २५ शुक्रबार ११:o७:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २५ शुक्रबार ११:o७:oo

कटन, भिस्कस, रायनलगायत कपडाले शीतल महसुस गराउँछन् । कटनका सर्टहरू सुकाउन सजिलो र लगाउन पनि आरामदायी हुन्छ । चाँडै सुक्नेखालका हल्का पाइन्ट रोज्नुपर्छ । अन्यथा, बाहिर भिजेर फर्कंदा कपडा सुक्न लामो समय लागेर हैरानी खेप्नुपर्ने हुन सक्छ । 

बर्सातमा सबैतिर हिलो हुन्छ । सोल राम्रो भएका नचिप्लिने जुत्ता छान्नुपर्छ । कतिपय मानिस चप्पल लगाउन रुचाउँछन् । तर, यसले पानी परेका वेला हिलो छ्यापेर कपडालाई खराब गरिदिन्छ । त्यसैले बाहिर हिँड्दा चप्पल लगाउनु राम्रो हुँदैन । 

हावा पर्याप्त छिर्ने खालको कटनको मोजाले खुट्टालाई सुक्खा र आरामदायी राख्छ । पसिनाले हैरानी हुँदैन । 

कलर कम्बिनेसनमा दिनुस् ध्यान 
स्मार्ट तथा फेसनेबल देखिनका लागि कलर कम्बिनेसमा विशेष ध्यान दिनुपर्छ । डार्क कलरले सूर्यको प्रकाश ज्यादा सोस्ने भएकाले यस मौसममा स्किन टोनअनुसार म्याच हुने गरी लाइट कलर प्रयोग गर्दा राम्रो हुन्छ । 

सेतो सर्ट लगाउँदै हुनुहुन्छ भने त्यसमा कालो कोट लगाउन सकिन्छ । गहुँगोरो छाला भएकाले साइलिङ कलर छान्दा अझै राम्रो देखिन्छ । तर, धेरै टल्कने रङ पनि छान्नुहुँदैन । सेतो, लाइट ब्लुजस्ता लाइट कलरका सर्टमा ब्ल्याक, नेभी ब्लु वा ग्रे कलरको पाइन्ट म्याच हुन्छ । 

नेभी ब्लु ज्याकेटमा सेतो सर्ट वा पेन्ट सुहाउँछ । ओलिभ ग्रिन रेन ज्याकेटमा कालो रङको पाइन्टको कम्बिनेसन पनि राम्रो देखिन्छ ।  त्यस्तै, ग्रिन ज्याकेटमा हल्का खैरो पाइन्ट वा सर्ट लगाउँदा पनि राम्रो देखिन्छ ।