१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १ बिहीबार
  • Thursday, 17 October, 2024
२o८१ कार्तिक १ बिहीबार १o:५७:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

महिलालाई भारतमा बेच्ने विष्ट  २४ वर्षपछि पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक १ बिहीबार १o:५७:oo

विवाहको प्रलोभन देखाएर एक महिलालाई भारत लगेर बिक्री गर्ने सुर्खेत चौकुने गाउँपालिका– ७ का ६१ वर्षीय भक्तबहादुर विष्ट २४ वर्षपछि पक्राउ परेका छन् ।

सुर्खेत जिल्ला साबिक गुटु गाविस– ८ घर भएकी २१ वर्षीया महिलालाई विष्टले १ असोज ०५७ मा विवाहको प्रलोभन दिई भारतको गोरखपुरमा लगेर एकजना भारतीय नागरिकलाई १५ हजारमा बिक्री गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवत्ता वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

उनलाई मंगलबार चौकुने गाउँपालिका– ६ बाट जिल्ला प्रहरी कार्यालय सुर्खेत र इलाका प्रहरी कार्यालय गुटुको टोलीले पक्राउ गरेको हो । विष्टविरुद्ध १३ मंसिर ०५८ मा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा मुद्दा दर्ता भएको थियो । विष्टमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।