१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १ बिहीबार
  • Thursday, 17 October, 2024
२o८१ कार्तिक १ बिहीबार १२:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धादिङमा एक वृद्धा मृत फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक १ बिहीबार १२:४४:oo

धादिङको सिद्धलेक गाउँपालिका– ६ कुम्पुरभञ्ज्याङस्थित सिम्लेमा एक वृद्धा मृत भेटिएकी छिन्। ८६ वर्षीया सुन्तली घले गएराति घरनजिकै मृत अवस्थामा भेटिएकी जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रह्लाद सिलवालले बताए।

उनका अनुसार घरभन्दा करिब ५०–६० मिटर पर मृत अवस्थामा भेटिएको हो। मृतकको शरीरमा चोटपटक लागेकाले हत्या गरिएको हुन सक्ने आशंका गरिएको उनले बताए।

घटनामा शंकास्पद एकजनालाई प्रहरीले नीलकण्ठ नगरपालिका– ८ ससाहनजिकैबाट नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सिलवालले बताए। मृतकको शव पोस्टमार्टमका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको प्रहरीले जनाएको छ।