१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १ बिहीबार
  • Thursday, 17 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक १ बिहीबार ११:४७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

महिला फुटबल टोलीलाई युनिलिभरद्वारा ट्राभल किट हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक १ बिहीबार ११:४७:oo

युनिलिभर नेपालले राष्ट्रिय महिला फुटबल टोलीलाई ट्राभल किट हस्तान्तरण गरेको छ । कम्पनीले राष्ट्रिय महिला फुटबल टोलीको आधिकारिक स्पोन्सर रहेको आफ्नो पर्सनल केयर ब्रान्ड, डोभमार्फत एन्फा कार्यालयमा ट्राभल किट हस्तान्तरण गरेको हो । 

महिलाहरूले विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति गरिरहेको युगमा युनिलिभरले महिला खेलाडीको भविष्यमा फुटबल टोलीले पार्न सक्ने महत्वपूर्ण प्रभावलाई बुझेर सम्मान गरेको जनाएको छ ।

साथै, युनिलिभरले परम्परागत स्पोन्सरसिपभन्दा दर्शकहरूसँग भावनात्मक सम्बन्ध सिर्जना गर्दै सकारात्मक सामाजिक परिवर्तन ल्याउने आशा राखेको छ । राष्ट्रिय महिला फुटबल टोलीसँगको यस सहकार्यले महिलामा सशक्तीकरण र आत्म आश्वासनलाई बढावा दिन डोभको निरन्तर मिशनलाई झल्काएको बताइएको छ ।