१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १ बिहीबार
  • Thursday, 17 October, 2024
प्रतिकात्मक तस्बिर
रासस पर्सा
२o८१ कार्तिक १ बिहीबार १४:२३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

वीरगन्जबाट मोटरसाइकल आयात ७६ प्रतिशतले बढ्यो

Read Time : < 1 मिनेट
रासस, पर्सा
नयाँ पत्रिका
२o८१ कार्तिक १ बिहीबार १४:२३:oo

वीरगन्ज भन्सारबाट चालू आर्थिक वर्षको भदौ मसान्तसम्ममा ७६.८६ प्रतिशतले  मोटरसाइकलको आयात बढेको छ।

वीरगन्ज भन्सार कार्यालयका अनुसार आव ०८०/८१ को भदौ महिनासम्मको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा सात हजार १२० वटा बढी मोटरसाइकल आयात भएका हुन्।

चालू आर्थिक वर्षको भदौ मसान्तसम्मको अवधिमा वीरगन्ज नाकाबाट चारपांग्रे सवारीसाधनको आयातमा कमी आएको भए पनि दुईपांग्रे सवारीसाधनको आयात बढेको प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले बताए।

चालू आवको भदौ मसान्तसम्ममा रु. दुई अर्ब सात करोड ८४ लाख २२ हजार मूल्य पर्ने १६ हजार ३८४ वटा मोटरसाइकल आयात भएका छन्। गत आर्थिक वर्षको भदौ मसान्तसम्मको अवधिमा भने एक अर्ब १३ करोड ५४ लाख ६४ हजार मूल्य पर्ने नौ हजार २६४ वटा मोटरसाइकल आयात भएका थिए।

आव ०८०/८१ को भदौ मसान्तसम्ममा २३ करोड ९० लाख चार हजार मूल्य पर्ने १२ लाख ६५ हजार ६२७ वटा मोटरसाइकल (मोपेडसहित)को पार्टपुर्जा आयात भएका थिए। चालू आर्थिक वर्षको सोही अवधिमा रु. ३४ करोड १७ लाख २२ हजार मूल्य पर्ने १६ लाख ६१ हजार ५३१ वटा मोटरसाइकल (मोपेडसहित)को पार्टपुर्जा आयात भएको छ।