१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १ बिहीबार
  • Thursday, 17 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक १ बिहीबार १६:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एआई शैक्षिक कार्यक्रम सञ्चालन गर्न रास्पबेरी पाईसँग डिजिटल एन्ड बिओन्डको सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक १ बिहीबार १६:५५:oo

डिजिटल एन्ड बिओन्डले नेपालका कक्षाकोठामा नयाँ प्रविधि ल्याउन रास्पबेरी पाई फाउन्डेसनसँग सम्झौता गरेको छ। नेपालका शिक्षक तथा विद्यार्थीहरूलाई एआईका नवप्रवर्तनको अर्को पुस्ताको सीप सिकाउने उद्देश्यअनुसार दुई कम्पनीबिच सम्झौता भएको हो।

सम्झौताअनुसार नेपालका युवाहरूलाई भविष्यमा प्रविधि विशेषज्ञ बन्ने अवसर प्रदान गरिने डिजिटल एन्ड बियोन्डले जनाएको छ। जसअन्तर्गत संयुक्त रूपमा एआई साक्षरतासम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिनेछ।

एक्सप्रेस एआई, रास्पबेरी पाई फाउन्डेसन गुगल डिपमाइन्डद्वारा संयुक्त रूपमा विकसित गरिएको कार्यक्रमले नेपालको सीप विकासमा ठुलो प्रभाव पार्ने अपेक्षा गरिएको छ। एआई साक्षरता कार्यक्रमले ११ देखि १४ वर्ष उमेर समूहका विद्यार्थीलाई एआईको आधारभूत कुरा र एआई प्रणालीका आलोचनात्मक उपभोक्ता र जिम्मेवार सिर्जनाकर्ता बन्न सहयोग पुग्ने विश्वास कम्पनीको छ।

यो गुगलद्वारा रास्पबेरी पाई फाउन्डेसनलाई एआई साक्षरतासम्बन्धी कक्षा सञ्चालन गर्न दिएको कोषबाट सञ्चालित विश्वव्यापी कार्यक्रम हो। यो कार्यक्रममा पठनपाठनका लागि रास्पबेरी पाई फाउन्डेसन र गुगल डिपमाइन्डले साझेदारीमा तयार गरेका हुन्।

यस कार्यक्रममा सहभागी हुन शिक्षकहरूलाई खुला आह्वान गरिनेछ। प्रथम चरणमा छानिएका शिक्षकहरूलाई सातघण्टे तालिम दिइने र शिक्षकको सिकाइअनुरूप यही कार्यक्रम विद्यार्थीसम्म लगिने कम्पनीले जनाएको छ।

यो कार्यक्रम शिक्षक र ११ देखि १४ वर्ष उमेर समूहका विद्यार्थीका लागि तयार गरिएको एआई साक्षरता कार्यक्रम हो। यस कार्यक्रममा सहभागी हुने शिक्षकहरूलाई मंसिर पहिलो हप्ता अफिसियल लन्च कार्यक्रममार्फत आह्वान गरिने कम्पनीले जनाएको छ।