१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १ बिहीबार
  • Thursday, 17 October, 2024
२o८१ कार्तिक १ बिहीबार १७:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एक लाख ८८ हजार नगदसहित पाेखराबाट ६ जुवाडे पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक १ बिहीबार १७:१o:oo

जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पोखराको एक होटेलबाट ६ जनालाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका– १७, ड्यामसाइडस्थित होटेल स्यान्डी बुलुममा जुवातास खेलिरहेको अवस्थामा एक लाख ८८ हजार ४२६ रुपैयाँ र २०७ पत्ती ताससहित पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए।

सो होटेलमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनापछि वडा प्रहरी कार्यालय पोखरा– ६, बैदामबाट खटिएको प्रहरी टोलीले होटेलको कोठामा हारजित हुने गरी जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको ओलियाले बताए।

पक्राउ पर्नेमा होटेलको रेखदेख गर्ने जिम्मेवार प्राप्त स्याङ्जाको गल्याङ नगरपालिका–४ घर भई पोखरा– १७ बस्ने ३८ वर्षीय नवीन थापा, स्याङ्जा पुतलीबजार नगरपालिका घर भई पोखरा– १० बस्ने ४० वर्षीय भेषबहादुर गुरुङ, पोखरा– १२ बस्ने ४३ वर्षका शंकर थापा, पोखरा– १७ बस्ने ५३ वर्षीया साबित्री गुरुङ पुन, कास्की माछापुच्छ्रे गाउँपालिका–२ घर भई पोखरा– ७ बस्ने ३९ वर्षीया दुर्गा गुरुङ र पोखरा– १७ बस्ने वर्ष ४९ की आइती गुरुङ रहेका छन्।

पक्राउ परेका उनीहरूलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर (जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने)सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।