१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १ बिहीबार
  • Thursday, 17 October, 2024
रेशमबहादुर खड्का जाजरकोट
२o८१ कार्तिक १ बिहीबार १६:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जाजरकोटमा तीन प्रहरी पुरस्कृत

Read Time : < 1 मिनेट
रेशमबहादुर खड्का जाजरकोट
नयाँ पत्रिका जाजरकोट
२o८१ कार्तिक १ बिहीबार १६:२o:oo

जिल्ला प्रहरी कार्यालय जाजरकोटले तीन प्रहरीलाई नगदसहित पुरस्कृत गरेको छ। अन्य नाैजनालाई सम्मान गरेको छ।

विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी र प्रहरीलाई सहयोग पुर्‍याउने व्यक्तिहरूलाई सम्मानपत्र, कदरपत्र तथा पुरस्कार प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

मंगलबार ६९औँ प्रहरी दिवस २०८१ को अवसरमा आयोजित विशेष कार्यक्रममा तीन प्रहरीलाई नगदसहित पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख पुरुषोत्तप्रसाद पाण्डेले जानकारी दिए।

जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख कालीबहादुर खत्रीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पूर्वप्रहरी र सचेत नागरिकलाई समाजमा शान्तिसुरक्षा कायम राख्न क्रियाशील रहेको भन्दै कदरपत्र प्रदान गरिएको हो। जाजरकोट जिल्लामा विपत्तिमा उत्कृष्ट उद्धार कार्य गरेको भन्दै तीन प्रहरीलाई पुरस्कृत पनि गरिएको छ।

विपत् व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने प्रहरी जवान दीपक सिंहलाई नगदसहित ‘योगेन्द्र सिंह स्मृति पुरस्कार’ प्रदान गरिएको छ। उनले कुशे गाउँपालिका– ८ दल्लेनामा पहिरोबाट तीन व्यक्तिलाई सकुशल उद्धार गरेका थिए। यसैगरी प्रहरी हवल्दार डिल्लीराज गोसाईं र सहायक हवल्दार सन्तोष सुनारलाई पनि भेरी नदीबाट एक पुरुषको जीवन बचाएकोमा नगदसहित पुरस्कृत गरिएको छ।