१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १ बिहीबार
  • Thursday, 17 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक १ बिहीबार १६:३६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

गहुँको माग बढेपछि भारतबाट दुई लाख मेट्रिक टन आयात गरिँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक १ बिहीबार १६:३६:oo

नेपाली बजारमा गहुँको माग बढेपछि सरकारले भारतबाट दुई लाख मेट्रिक टन गहुँ आयात गर्ने भएको छ। बजारमा गहुँको अभाव हुने देखिएपछि मूल्यवृद्धि भएको भन्ने उपभोक्ताको गुनासो आएपछि सरकारले गहुँ आयात गर्ने भएको हो।

भारत सरकारसँग गहुँको आयातका विषयमा समन्वय भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। मैदा व्यवसायी, चाउचाउ तथा बिस्कुट उत्पादकलगायतले गहुँ, पिठो र मैदाको सहज आपूर्ति गरिदिन माग गरेपछि गहुँ आयातको पहल थालेको मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले बताए। गहुँ आयातका लागि गरिएको आग्रहमा भारत सरकार सकारात्मक रहेको उनको भनाइ छ।

मैदा व्यवसायीहरूले भने गहुँ आयातमा भन्सार शुल्क घटाउन र आपूर्ति सहज गर्न माग गरेका छन्। व्यवसायीहरूलाई चाडपर्वका वेला मूल्य नबढाउन मन्त्रालयको आग्रह छ। बजारमा कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गरेको पाइएमा अनुगमन गरी कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ।

बजारमा गहुँको अभाव हुन थालेको र गहुँको मूल्यवृद्धि भएकाले मैदाको मूल्य बढाउन बाध्य भए पनि चाडपर्वका वेला मूल्य स्थिर गर्न मैदा उत्पादक संघ सहमत भएको संघका उपाध्यक्ष दिनेश अग्रवालले बताए। व्यवसायीले नेपालमा गहुँ आपूर्ति गर्दा समस्या हुने गरेको भन्दै सरकारलाई सहज गरिदिन उनको आग्रह छ।