१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १ बिहीबार
  • Thursday, 17 October, 2024
२o८१ कार्तिक १ बिहीबार १८:४४:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमती प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण, एउटा फिर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक १ बिहीबार १८:४४:oo

बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सभाबाट पारित भएर प्रमाणीकरणका लागि आएको एउटा विधेयक पुनर्विचारका लागि प्रदेश सभामै फिर्ता पठाएका छन् भने दुईवटा विधेयक प्रमाणीकरण गरेका छन्।

प्रदेश प्रमुख देवकोटाले प्रदेश सभाबाट पारित भई प्रमाणीकरणका लागि आएको ‘प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ पुनर्विचारका लागि बिहीबार प्रदेश सभामा फिर्ता पठाएका हुन्। उनले संविधानको धारा २०१ को उपधारा (३) बमोजिम उक्त विधेयकमा व्यवस्था गरिएका केहि प्रावधानका विषयमा पुनर्विचार गर्नुपर्ने भएकाले प्रदेश सभामा पठाएको प्रदेश प्रमुखको कार्यलयले जनाएको छ।

यस्तै, प्रदेश प्रमुख देवकोटाले प्रदेश सभाबाट पारित भई प्रमाणीकरणका लागि आएका अन्य दुईवटा विधेयक भने प्रमाणीकरण गरेका छन्। प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेका विधेयक प्रमाणीकरण भएका हुन्।

प्रदेश सभाको गत ७ असोजमा बसेको बैठकले पारित गरेका ती विधेयकहरू प्रदेश प्रमुख देवकोटाले संविधानको धारा २०१ को उपधारा (१) बमोजिम प्रमाणीकरण गरेका हुन्। प्रदेश प्रमुखबाट प्रमाणित भएका दुवै विधेयक राजपत्रमा प्रकाशित भएपछि प्रदेश ऐनका रूपमा लागू हुनेछन्।