१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १ बिहीबार
  • Thursday, 17 October, 2024
रासस जेरुसेलम
२o८१ कार्तिक १ बिहीबार १७:५६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

लेबनानको पूर्वी र दक्षिणी क्षेत्र खाली गर्न इजरायलको चेतावनी

Read Time : < 1 मिनेट
रासस, जेरुसेलम
नयाँ पत्रिका
२o८१ कार्तिक १ बिहीबार १७:५६:oo

इजरायली सेनाले लेबनानको पूर्वी र दक्षिणी क्षेत्रका केही भागहरू छोड्न स्थानीय बासिन्दालाई आह्वान गर्दै पुनः ती क्षेत्रलाई लक्षित गरी आक्रमण गर्ने चेतावनी दिएको छ।

यसअघि, नियमित रूपमा इजरायलले प्रहार गर्दै आइरहेको पूर्वमा बेका र दक्षिणमा टायरका विशेष क्षेत्रका बासिन्दाहरूका लागि खाली गर्ने सूचना जारी गरिएको हो।

बेका क्षेत्र र तामनाइन क्षेत्रमा अवस्थित भवनमा आश्रित व्यक्तिहरूलाई तत्काल उक्त स्थानबाट सुरक्षित स्थलतर्फ जान इजरायली सेनाका प्रवक्ता अबिचाय अद्राईले सामाजिक सञ्जाल एक्समार्फत चेतावनी दिएका छन्।

हिजबुल्लाहसँग सम्बन्धित सुविधाहरू र चासोहरूनजिकै अवस्थित रहेको भन्दै यस क्षेत्रलाई निकट भविष्यमा गरिने आक्रमणमा लक्षित गरिने बताइएको छ।  

यसैगरी, अद्राईले नजिकैको सराइन अल–तहता र साफरी क्षेत्रका बासिन्दाहरूलाई पनि उक्त क्षेत्र खाली गर्न दुई अन्य सूचना एक्समा पोस्ट गरेका छन् भने लगत्तै सेनाले दक्षिणी लेबनानको टायर सहरनजिकैको अल–हवास क्षेत्रका बासिन्दाहरूलाई उक्त क्षेत्र छोड्न आदेश जारी गरेको छ।