१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १ बिहीबार
  • Thursday, 17 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक १ बिहीबार १६:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

टिआरसी : सर्च कमिटीलाई पूर्णता दिन मुख्य दलहरू सहमत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक १ बिहीबार १६:oo:oo

प्रमुख दलहरू सर्च कमिटीलाई पूर्णता दिएर सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी) गठन गर्न सहमत भएका छन्। प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठकले सर्च कमिटीलाई पूर्णता दिने सहमति गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले सर्च कमिटीलाई पूर्णता दिएर आयोग गठन प्रक्रिया अघि बढाउने सहमति भएको जानकारी दिए।

‘आजको छलफलको मुख्य विषय शान्ति प्रक्रियाका बाँकी कामहरूलाई टुंग्याउने विषयसँग सम्बिन्धित थियो,’ उनले भने, ‘सत्य निरुपण तथा मेलमिलाप आयोग गठनसम्बन्धी अघिल्लो सरकारको पालामा सर्च कमिटी गठन गरिएको थियो। त्यसले पूर्णता प्राप्त गर्न बाँकी थियो । अहिले सर्च कमिटीलाई तत्काल पूर्णता दिएर आयोग गठनको प्रक्रिया अघि बढाउने भन्नेबारेमा आज छलफल भयो। यो विषयमा सबैको बुझाइ सकारात्मक र एकरूपता रहेको छ। तत्काल सर्च कमिटीलाई पूर्णता दिएर आयोग गठनको कुरा अघि बढाउने समझदारी भएको छ।’

बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव बस्नेत, महान्याधिवक्ता रमेश वडाल सहभागी थिए।

सर्च कमिटीले संक्रमणकालीन न्यायसँग सम्बन्धित बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्नेछ।