१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १ बिहीबार
  • Thursday, 17 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक १ बिहीबार १४:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डिएसपी पवन भट्टराईलाई यो वर्षको पूर्णशान्ति पुरस्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक १ बिहीबार १४:o६:oo

यस वर्षको पूर्णशान्ति पुरस्कार जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी नायब उपरीक्षक (डिएसपी) पवनकुमार भट्टराईलाई प्रदान गरिएको छ।

६९औँ प्रहरी दिवसको अवसरमा बुधबार प्रधानमन्त्री केपी ओलीले सो पुरस्कार प्रदान गरेका हुन्। डिएसपी भट्टराई अप्रेसन कमान्डरका रूपमा काठमाडौंमा करिब डेढ वर्षदेखि कार्यरत छन्।

काठमाडौंमा भएका आन्दोलन तथा विरोध प्रदर्शनका घटनामा संयमता र सुझबुझपूर्वक भिड नियन्त्रण गर्दै आएकाले उनलाई प्रहरी संगठनको प्रतिष्ठित पूर्णशान्ति पुरस्कार प्रदान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। डिएसपी भट्टराई भिड नियन्त्रणमा दक्ष अधिकृतका रूपमा चिनिन्छन्।