१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १ बिहीबार
  • Thursday, 17 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक १ बिहीबार १४:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिआइबीका वरिष्ठ सइ सूर्यभक्त श्रेष्ठलाई सर्वोत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक १ बिहीबार १४:३८:oo

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा कार्यरत वरिष्ठ नायब निरीक्षक सूर्यभक्त श्रेष्ठले यो वर्षको सर्वोत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार प्राप्त गरेका छन्।

६९औँ प्रहरी दिवसको अवसरमा बुधबार प्रधानमन्त्री केपी ओलीले उनलाई सो पुरस्कार प्रदान गरेका हुन्। वस्तुनिष्ठ, वैज्ञानिक र प्रभावकारी अनुसन्धान गरी अतुलनीय योगदान दिएको आधारमा उनलाई पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहराले स्थापना गरेको ‘मोतीलाल प्रहरी उत्कृष्ट अनुसन्धान अधिकृत’ पुरस्कार प्रदान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

वरिष्ठ सइ श्रेष्ठ सिआइबीको स्थापनादेखि नै त्यहाँ कार्यरत छ। दर्जनौँ ठुला अपराधको अनुसन्धानमा उनले खेलेको भूमिकाका आधारमा एआइजी रामदत्त जोशी नेतृत्वको छनोट समितिले उनलाई सर्वोत्कृष्ट अनुसन्धानकर्ताको रूपमा सिफारिस गरेको थियो।

त्यस्तै, योगेन्द्र स्मृति साहसिक पुरस्कार गण्डकी प्रदेश प्रहरी विपत् व्यवस्थापन गुल्म बागलुङमा कार्यरत प्रहरी जवान अब्दुल अन्सारीलाई प्रदान गरिएको छ। बाढीपहिरोका घटनामा साहसिक रूपमा उद्धार गरेको आधारमा उनलाई सो पुरस्कार दिइएको हो।