१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १ बिहीबार
  • Thursday, 17 October, 2024
रासस पर्सा
२o८१ कार्तिक १ बिहीबार १२:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारको सय दिन सफल रहेको कानुनमन्त्री चौरसियाको दाबी

Read Time : < 1 मिनेट
रासस, पर्सा
नयाँ पत्रिका
२o८१ कार्तिक १ बिहीबार १२:५९:oo

कानुन, न्याय तथा संघीय मामिलामन्त्री अजयकुमार चौरसियाले वर्तमान सरकारको सय दिन सफल भएको दाबी गरेका छन्।

‘प्रमुख दुई दल नेपाली कांग्रेस, नेकपा (एमाले)सहित अन्य दलहरूबिच सहकार्य भई गठन भएको सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सुशासनको प्रत्याभूति दिलाउन सफल रहेको छ,’ उनले भने।

नेपाल प्रेस युनियन पर्साद्वारा बिहीबार वीरगन्जमा दसैँ, तिहार, छठ र नेपाल संवतकाे अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा उनले स्थानीय तहलाई बलियो बनाउन संघीय सरकारले सहयोग गर्ने बताए।

सञ्चारकर्मीका जिज्ञासामा मन्त्री चौरसियाले आगामी संसद्को हिउँदे अधिवेशनमा संघ, प्रदेश र स्थानीय तहसँग सम्बन्धित कानुनहरू पारित हुने बताए। उनले भने, ‘आगामी संसद्को हिउँदे अधिवेशनमा शान्तिप्रक्रियासँग सम्बन्धित बाँकी विधेयक पनि पारित हुन्छन्।’