१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १ बिहीबार
  • Thursday, 17 October, 2024
२o८१ कार्तिक १ बिहीबार १o:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पश्चिम नवलपरासीको सरावल र पाल्हीनन्दनमा आठ सय बिघा धानबालीमा क्षति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक १ बिहीबार १o:oo:oo

असोज ११ र १२ गते आएको बाढीले नवलपरासीमा साढे आठ सय बिघामा धानबाली क्षति भएको छ। पश्चिम नवलपरासीको सरावल गाउँपालिका र पाल्हीनन्दनमा धानबालीमा क्षति भएको नवलपरासी कृषि ज्ञान केन्द्रका प्रमुख डा. रविन्द्रनाथ चौबेले जानकारी दिए ।

चौबेका अनुसार बाढीले धानबाली क्षति गरेको हो । बाढीका कारण पाल्हीनन्दन‐ १ शंकरपुर र सरावल‐ ५, ६, र ७ मा धानबाली क्षति भएको छ ।

सरावल गाउँपालिकाका कृषि शाखाले पठाएको तथ्यांकअनुसार यहाँ ६ सय बिघामा आठ करोड ४६ लाखबराबरको धानबाली नष्ट भएको कृषि ज्ञान केन्द्रका अधिकृत नवराज घिमिरेले बताए। सरावल र पाल्हीनन्दनमा साढे आठ सयभन्दा बढी बिघामा धानबाली क्षति भएको सरावल‐ ७ का वडाध्यक्ष हेयात खान धुनियाँले बताए । 

त्यस्तै, जिल्लाको पाल्हीनन्दन‐ १ शंकरपुरमा २५० बिघा धानबाली क्षति भएको पाल्हीनन्दन‐ १ का वडाध्यक्ष चुुल्हाईप्रसाद यादवले बताए । सरावलको भुजहवा, खडवना, मधवलिया, बुडनतवापुर र पाल्हीनन्दनको शंकरपुरमा अहिलेसम्मकै राम्रो धान उत्पादन हुने यो वर्ष अनुुमान गरिएको थियो ।