१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १ बिहीबार
  • Thursday, 17 October, 2024
राहुल बर्मा
२o८१ कार्तिक १ बिहीबार १o:२४:oo
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

महाराष्ट्र र झारखण्डमा हुने चुनावमा हरियाणाको नतिजाले कस्तो पर्ला प्रभाव ?

भारतमा प्रत्येक चरणको चुनावले अगाडिका राजनीतिक घटनाक्रम र गतिलाई विजेताको पक्षमा झुकाउन सक्छ । तथापि, विगत एक वर्षको अवधिमा यो सत्य देखिएन । त्यसैले अर्को चरणको चुनावमा अहिलेको गति उल्टिन सक्छ ।

Read Time : > 2 मिनेट
राहुल बर्मा
नयाँ पत्रिका
२o८१ कार्तिक १ बिहीबार १o:२४:oo

हरियाणाको विधानसभा चुनाव भारतीय जनता पार्टी (भाजपा)ले जितिसकेको छ । मतपरिणाम एक हिसाबले ऐतिहासिक रह्यो, किनकि यसअघि कुनै पनि पार्टी सो राज्यमा लगातार तीन कार्यकाल सत्तामा पुगेका थिएनन् । ग्राउन्ड रिपोर्टदेखि एक्जिट पोलसम्म सबैले कंग्रेसले भारी बहुमत ल्याउने प्रक्षेपण गरेका थिए । तर, सबैको अपेक्षाविपरीत भारतीय जनता पार्टी (भाजपा) ले राज्यमा कसरी यस्तो प्रभावशाली जित हासिल गर्न सफल भयो ?

अघिल्लो पटकको चुनावभन्दा यस पटक भाजपाको भोट सेयरमा भएको वृद्धिले सबैले चकित तुल्याएको छ । उसो त भाजपाले चुनावपछि मनोहरलाल खट्टरको स्थानमा नायब सिंह सैनीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेकाले मतदातामा केही सकारात्मक सन्देश दिएको थियो । यद्यपि, राज्यमा भाजपाको राज्य सरकारप्रति कुनै ठुलो असन्तुष्टि थिएन भन्ने तर्क गर्नु मूर्खतापूर्ण हुनेछ । हरियाणा केन्द्र सरकारले चालेका धेरै कदम, जस्तै– कृषि कानुन र अग्निपथ योजनाको विरोधको प्रमुखस्थल बनेको थियो । 

बेरोजगारी तथा मतदाताको एउटा हिस्सामा देखिएको आर्थिक चिन्ता भारतभरको वास्तविकता हो र हरियाणा पनि यसबाट अछुतो छैन । त्यसबाहेक भाजपा र भारतीय कुस्ती महासंघका हेभीवेट ब्रिजभूषण शरण सिंहको विरोध गर्ने खेलाडिलाई(रेस्लिङ खेलका) प्रहरीले गरेको व्यवहारले राज्यमा भाजपाविरुद्ध केही स्तरको आक्रोश थपेको थियो । लोकसभा चुनावले पनि भाजपाको दलित मतदाताको आधारमा केही क्षय भएको संकेत गर्‍यो । त्यही वेला राहुल गान्धीले गरेको जातीय जनगणनाको मागले पनि राज्यमा कंग्रेसप्रतिको आकर्षण नबढेको होइन ।

जाट समुदायका मतदातामाझ यो भावना (जातीय जनगणनाको माग) बढी देखिन्छ । यो अचम्मको विषय होइन कि जहाँसुकैका प्रभावशाली जातिहरू चर्को आवाजका साथ अगाडि बढेका हुन्छन् र तिनीहरूको इच्छा वास्तविकताको रूपमा प्रतिध्वनित हुन्छन् । यस चुनावमा कंग्रेसले आफ्नो २०१९ को साझेदारीबाट ११ प्रतिशत वृद्धि ग¥यो, जबकि भाजपाका लागि मात्र तीन प्रतिशत अंक थियो । तसर्थ, मतमा आएको परिवर्तनले सबैलाई कंग्रेसको पक्षमा लहर आएको महसुस हुन सक्छ । तर, कंग्रेसप्रति जाट मतदाताको समर्थनले गैर–जाट समुदायहरूमा उसको कमजोरी प्रदर्शन उजागर गरेको हुन सक्छ ।

भोटको परिवर्तनशील वितरण दीर्घकालीन सामाजिक पुनर्गठन र तत्काल निर्वाचन परिणाम दुवैको केन्द्रबिन्दु हो । सन् २००५ मा भूपिन्दर सिंह हुड्डा मुख्यमन्त्री हुनुअघि कंग्रेसको फराकिलो सामाजिक आधार थियो, जबकि इन्डियन नेसनल लोक दल (आइएनएलडी) जाट मतमा धेरै निर्भर थियो । राज्यको राजनीतिमा भाजपाको उदय धेरै हदसम्म आइएनएलडीको पतन भएको वेला र कंग्रेस जाट केन्द्रित बन्दै गएको समयमा भएको थियो ।

यस चुनावमा भोट सेयरको हिसाबले कंग्रेसमाथि भाजपाको अग्रता एक प्रतिशत मात्रै भए पनि सिट बाँडफाँडले भने बिल्कुलै फरक चित्र देखाउँछ । सन् २०१४ मा भाजपाले ३३ प्रतिशत मतका साथ ४७ सिट जितेको थियो । तर, सन् २०१९ मा ३६ प्रतिशत मत पाउँदा पनि ४० सिट मात्रै जित्न सकेको थियो । आइएनएलडी र यसबाट अलग भएको गुट जननायक जनता पार्टी (जेजेपिए) को शक्ति घट्दै गएको छ (उक्त पार्टीले २००९ मा ३३ प्रतिशत, २०१४ मा २५ प्रतिशत र २०१९ मा १७ प्रतिशत मत प्राप्त गर्‍यो) । जेजेपिए र उसको गुटको हिस्सा अब पाँच प्रतिशतमा झरेको छ । यसले भाजपालाई उच्च दरमा सिट परिवर्तन गर्न बल प्रदान गरेको छ ।

केही टिप्पणीकारले कंग्रेसमा देखिएका केही विकृतिको पनि संकेत गरेका छन्, जसमा पार्टी आत्मरतिमा रमाएको र विरोधीहरूको कमजोरीमा केन्द्रीत भएर जितको भ्रममा फसेको छ । हुन पनि बाहिरको चर्चा सुन्दा, सन् २०२३ मा छत्तीसगढमा जस्तै कंग्रेसको विजय पूर्वअनुमानित निष्कर्षजस्तो देखिन्थ्यो । भाजपाले आफू कमजोर स्थितिमा रहेको बुझ्यो । उसले स्वतन्त्र र साना दलसहित निर्वाचन क्षेत्रहरूको सूक्ष्म व्यवस्थापनको रणनीति बनायो र कंग्रेसभित्रको गुटबन्दीको फाइदा उठायो । छत्तीसगढमा टिएस सिंह देव र भूपेश बघेलबिचको शक्तिको झगडाले कंग्रेसलाई असर ग¥यो ।

हरियाणा निर्वाचन परिणामले हरियाणाको राजनीतिमा प्रभावशाली परिवारहरू– तीन लाल र हुड्डा परिवारको पतनको संकेत गर्छ । यी परिवार सन् १९६६ मा राज्य गठन भएदेखि नै नेतृत्वमा छन् । अन्य मुख्यमन्त्रीको केही छोटो कार्यकालबाहेक यी परिवारले धेरै समय राज्यमा शासन गरेका छन् । यो निर्वाचनमा यी परिवारका कतिपय सदस्यले जितेका छन् भने धेरैले हारेका छन् । यी परिवारको सिमान्तीकरणको अर्को पक्ष पनि छ, यदि भाजपाले नायब सिंह सैनी वा अन्य गैरजाट व्यक्तिलाई अर्को मुख्यमन्त्रीको रूपमा जारी राख्ने निर्णय गर्छ भने यो राज्यमा गैरजाट मुख्यमन्त्रीले शासन गरेको सबैभन्दा लामो समय हुन सक्छ । जाटहरूमा शक्ति गुमाउने भावना बढ्ने सम्भावना छ । यसले प्रभावशाली र गैरप्रभावित समुदायबिचको खाडललाई अझ फराकिलो बढाउँछ । तर, यसले भाजपालाई शासन व्यवस्थाको सन्दर्भमा कठिन परिस्थितिमा पार्न सक्छ ।

महाराष्ट्र र झारखण्डको आगामी चुनावमा हरियाणाको फैसलाको प्रभाव के हुनेछ ? यद्यपि यो सत्य हो कि प्रत्येक चरणको चुनावले घटनाक्रम र गतिलाई विजेताको पक्षमा झुकाउन सक्छ । तथापि, अर्को चरणले पनि यसलाई उल्ट्याउन सक्छ, जुन हामीले विगत एक वर्षको अवधिमा देखिसकेका छौँ । डिसेम्बर २०२३ मा हिन्दी भाषी क्षेत्र रहेका राज्यमा विधानसभा चुनावमा विजय हासिल गरेपछि भाजपा सायद बढि आत्मविश्वासी भएको थियो । लोकसभा चुनावमा देशका यी भागमा सुधारिएको प्रदर्शनपछि कंग्रेसका लागि पनि यही कुरा लागू हुन्छ । दलहरूले अहंकार देखाउने र मतदातालाई बेवास्ता गर्ने प्रवृत्ति त्याग्नुपर्छ ।

(बर्मा सेन्टर फर पोलिसी रिसर्च (सिपिआर), नयाँदिल्ली शाखाका फेलो हुन् ।)हिन्दुस्तान टाइम्सबाट