मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Sunday, 02 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २९ शनिबार १o:१७:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

जहाजको इन्जिन मर्मतबारे छानबिन गर्न उपसमिति गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार १o:१७:oo

नेपाल वायुसेवा निगमको न्यारोबडी ९एन–एकेएक्स जहाजको इन्जिन मर्मतमा ढिलाइ भएको सम्बन्धमा छानबिन गर्न उपसमिति गठन भएको छ । २३ वैशाखमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्य वरिष्ठ क्याप्टेन सुधीरशमशेर राईको संयोजकत्वमा पाँच सदस्यीय छानबिन उपसमिति गठन गरेको हो ।

समितिलाई निगमको जहाजको इन्जिन इजरायल एरोस्पेस इन्डस्ट्री (आइएआई)मा मर्मत–सम्भार गर्न पठाउँदा समयमा नआएको र भाडाको इन्जिन समयमा नदिएको सम्बन्धमा छानबिन गरी १५ दिनभित्र राय सिफारिससहित प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ ।

यसअघि निगम र आइएआईबीच भएको सम्झौताबमोजिम काम गर्न नसकेर ढिलाइ भएकोमा क्षतिपूर्तिसमेत दाबी गर्न २२ फागुनमा सिएम डिपार्टमेन्टलाई आदेश दिइएको थियो ।

सम्झौताको सर्तअनुसार आइएआईले समयमा काम गर्न नसकेको विषयमा विस्तृत विश्लेषण गरी क्षतिपूर्ति दाबी गर्न सिएम डिपार्टमेन्टले आवश्यक काम अगाडि बढाएको बताइएको छ ।